
श्रीमानले मलद्वारबाट लौरो छिराएर यातना दिएका गीता माझीको उपचारको क्रममा मृत्यु
श्रीमानबाट शारीरिक यातना पाएकी एक महिलाको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। चितवनको खैरहनी नगरपालिका–१० की गीता माझी गत बिहीबार साँझ श्रीमानबाट कुटिएकी थिइन्।
श्रीमानले उनको मलद्वारबाट लौरो छिराएर यातना दिएका थिए। उपचार संलग्न डाक्टरका अनुसार मलद्वारबाट लौरो घुसाउँदा माझीको यौनाङ्ग र मलद्वारबीचको भाग च्यातिएको थियो। श्रीमानको कुटाईबाट माझीको कम्मरको हड्डी पनि भाँचिएको थियो।
स्थानीयबासिन्दाले गीतालाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो। अस्पतालले उनको निःशुल्क उपचारको व्यवस्था मिलाएको थियो।
सोमबार दिउँसो उनको शल्यक्रिया गरिएको थियो। तर राति १२ बजेतिर उनको मृत्यु भएको हो । गीताका ४० वर्षीय श्रीमान रामचन्द्र माझी प्रहरीको नियन्त्रणमा छन्।...