
बिहेपछि लामोसमयसम्म सन्तान भएको छैन ? त्यसो भए यो मन्दिरमा जानुहोस
गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरमा सन्तान प्राप्तिका लागि ६०० जनाले रातभरि जाग्राम बसेर उठेर ठाडो बत्ती बालेका छन् ।
लामो समयसम्म पनि सन्तान नहुँदा यहाँ शिवरात्रि पर्वमा रातभरि उठेर बत्ती बाल्दा सन्तान प्राप्ति हुनाका साथै अन्य मनोकामना पूरा हुने विश्वासले देशका विभिन्न ठाउँबाट आएका यतिका सङ्ख्याका महिलाहरुले यहाँ उठेर ठानो बत्ती बालेको इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “लमजुङसहित छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्की, बागलुङ, काठमाडौँ लगायतका जिल्लाबाट भक्तजनहरु आएका थिए । ” समितिले एक हजार ३०० जनाका लागि उठेर ठाडो बत्ती बाल्ने व्यवस्था गरे पनि ६०० जनाले मात्र ठाडो बत्ती बालेको र बसेर ३०० जनाको लागि बत्ती बाल्ने व्यवस्था गरे पनि आठ हजारभन्दा बढील...