Sunday, September 24
Shadow

Lifestyle

पुरन थापा र मोहन कृष्ण श्रेष्ट को टेली चलचित्र ठाउको ठाउमा प्रोमो सार्बजनिक भिडियो सहित …

पुरन थापा र मोहन कृष्ण श्रेष्ट को टेली चलचित्र ठाउको ठाउमा प्रोमो सार्बजनिक भिडियो सहित …

Entertainment, Intresting, Lifestyle, News, Tech, Video
बसुन्धरा फ़िलिम्स प्रा लि को ब्यानर मा उत्पादन भएको नेपाली टेली चलचित्र ठाउको ठाउमा आज देखि प्रोमो सार्बजनिक भएको छ । उक्त सिरियल क निर्देसक पुरन थापा ले हामीलाई जानकारी दिनु भएको छ । उक्त सिरियल लब डिजिटल नेपाल को अफिसियल युटुब चेनेल बाट सार्बजनिक गरिएको छ । जसमा मुख्य कलाकारको भूमिकामा लय संग्रौला ,दमन रुपाखेती ,पुरन थापा, मोहन कृष्ण श्रेष्ट,सुमित्रा अधिकारी ,येन पी जोशी,रुपा मानन्धर ,छन् भने छायांकन बिमल ढकाल र सम्पादन ललित सिंह साउद ले गरेका छन् भने उक्त टेली चलचित्र पुरन थापा र मोहन कृष्ण श्रेष्ट ले निर्माण गरेका हुन् ।  हेर्नुस भिडियो https://youtu.be/uPAvDOxDeKY?t=11  ...
नेपालको वैदेशिक व्यापार घाटा २५ प्रतिशतले बढ्यो, ११ महिनामा १५ खर्ब ७७ अर्ब घाटा ..

नेपालको वैदेशिक व्यापार घाटा २५ प्रतिशतले बढ्यो, ११ महिनामा १५ खर्ब ७७ अर्ब घाटा ..

Entertainment, Intresting, Lifestyle, News
चालु आर्थिक वर्ष २०७८/७९ को सुरुवाती ११ महिनामा नेपालको वैदेशिक व्यापार घाटा २५ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्म नेपालको कूल वैदेशिक व्यापार १९ खर्ब ४९ अर्ब ६ करोड १ लाख १४ हजार रुपैयाँ पुगेको छ । सो अवधिमा नेपालले विभिन्न देशबाट १७ खर्ब ६३ अर्ब २२ करोड ३० लाख ९६ हजार रुपैयाँको वस्तु आयात र १ खर्ब ८५ अर्ब ८३ करोड ७० लाख १८ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ को सुरुवाती एघार महिनामा नेपाललको कूल वैदेशिक व्यापार १५ खर्ब ४ अर्ब ६१ करोड ८८ लाख ८३ हजार रुपैयाँ रहेको थियो । उक्त वर्ष नेपालले १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख २४ हजार रुपैयाँको वस्तु आयात र १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख ५९ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो । अघिल्लो आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालको वैदेशिक व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड ९ ला...
रविले खोलेको पार्टी गैरकानुनी छ, अयोगले दर्ता गर्न मिल्दैन : सूर्य थापा

रविले खोलेको पार्टी गैरकानुनी छ, अयोगले दर्ता गर्न मिल्दैन : सूर्य थापा

Intresting, Lifestyle, News, Tech
एमालेका नेता सूर्य थापाले रवि लामिछानेको नयाँ पार्टीलाई गैरकानुनी भएको टिप्पणी गरेका छन् । मंगलबार रविले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेपछि थापाले रविको पार्टीप्रति आपत्ति जनाएका हुन् । कानुनतः स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार हो। व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा निर्वाचन लड्न र जित्न पाउनेगरी कानुनले सुरक्षित गरेको अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरित हो’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अन्योल उत्पन्न हुनेगरी कसैले पनि पार्टी बनाउन खोज्छ भने निर्वाचन आयोगले दर्ता गर्नुहुँदैन।’ रविले गठन गरेको पार्टीप्रति उनकै दाइ हरिशरणले समेत विरोध जनाएका थिए ।...
ओली, देउवा र प्रचण्डविरुद्ध उम्मेदवारी दिने आँट गर्लान् रवि लामिछानेले ?

ओली, देउवा र प्रचण्डविरुद्ध उम्मेदवारी दिने आँट गर्लान् रवि लामिछानेले ?

Intresting, Lifestyle, News, Tech
चर्चित सञ्चारकर्मी रवि लामिछानेले तामझामसहित मंगलबार नयाँ पार्टी घोषणा गरेका छन् । सक्रिय सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रविले राष्ट्रिय सभागृहमा आफ्ना समर्थक, शुभचिन्तकमाझ वाचा–कसम खाँदै राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे । सञ्चारकर्मलाई बिट मारेका उनले अब विधिवत रूपमा राजनीतिक यात्राको शुभारम्भ गरेका छन् । घोषणासभामा उनले आगामी प्रदेश र संघको निर्वाचनको तयारीमा आजैदेखि सक्रिय रहने बताएका छन् । निर्वाचन आयोगले उनको दललाई मान्यता दिएपछि सम्पूर्ण शक्ति निर्वाचनकेन्द्रित रहने छ । सुरूवाती चरणमा २१ जना सदस्य रहने गरी समिति गठन हुनेछ । त्यही समितिले नै बाँकी कार्यभार निर्वाह गर्नेछ । रविले नयाँ पार्टी घोषणा गरेपछि आगामी निर्वाचनमा उनले स्वतन्त्रबाट उम्मेदवारी दिन्छन् वा पुरानै पार्टीमा प्रवेश गर्छन् भन्ने चासोको पटाक्षेप भएको छ । मूलभुत रूपमा पुराना राजनीतिक दलका नेताहरूले बाटो बिर...
रविलाई शंकर पोखरेलको झटारो : कुनै पेशा वा व्यवसायमा चर्चित हुँदैमा राजनीतिमा योग्य हुँदैन

रविलाई शंकर पोखरेलको झटारो : कुनै पेशा वा व्यवसायमा चर्चित हुँदैमा राजनीतिमा योग्य हुँदैन

Lifestyle, News, Tech
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सांकेतिक रूपमा रवि लामिछानेबारे टिप्पणी गरेका छन् । रविले मंगलबार नयाँ पार्टी खोलेपछि उनको सम्बन्धमा पोखरेलले मुख खोलेका हुन् । बुधबार सामाजिक सञ्जालमार्फत पोखरेले निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुँदैमा राजनीतिका लागि योग्य नहुने टिप्पणी गरेका छन् । निश्चित पेशा वा व्यवसायमा सफल वा चिर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन’, उनले लेखेका छन्, ‘राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनु पर्दछ ।’ रविले घोषणा सभामा आफूले राजनीतिक दलका नेतालाई सच्चिन पटक–पटक सुझाव दिँदासमेत नसच्चिएकाले पत्रकारिता छोडेर राजनीतिमा आएको घोषणा गरेका थिए ।...
लाचार बन्दै देउवाका मन्त्रीले भने तेलको भाउ अझै बढ्छ, फिर्ता लिन सकिने अवस्था छैन

लाचार बन्दै देउवाका मन्त्रीले भने तेलको भाउ अझै बढ्छ, फिर्ता लिन सकिने अवस्था छैन

Intresting, Lifestyle, News, Tech
हप्तामा नै एक पटक बढिरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न बिद्यार्थी संगठनहरुले सरकारलाई दबाब दिइरहेका छन् । बिद्यार्थीहरुको आन्दोलन र सर्वसाधारणहरुको पिरलो र अप्ठ्यारोलाई बेवास्ता गर्दै सरकारले तत्कालै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन नसक्ने बताएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि र बिक्री वितरण कानून र नीतिगत व्यवस्था अनुसार नगरिएको भन्दै प्रतिपक्षी दललगायतको चर्को विरोधसँगै सभामुख अग्नि सापकोटाले रुलिङपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे संसदमा जवाफ दिँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले इन्धनको मूल्यवृद्धि बाध्यात्मक भएको र यो अझै बढ्न सक्ने समेत उनले बताए । सासंसदहरूले पेट्रोलियम पदार्थ खरिदका लागि भारतको विकल्प खोज्न र सस्तो बजार खोज्न सुझाव दिइरहेका बेला मन्त्री बडूले अन्तर्राष्ट्रिय स्तरमा हुने मूल्य निर्धारणले नेपाल...
रवि लामिछाने दल दर्ताका लागि निवेदन दिन जाँदा देखिए यस्ता दृश्यहरु, हेर्नुहोस्

रवि लामिछाने दल दर्ताका लागि निवेदन दिन जाँदा देखिए यस्ता दृश्यहरु, हेर्नुहोस्

Intresting, Lifestyle, News, Tech
रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राष्ट्रिय सभा गृहमा मंगलबार दिउँसो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेपछि रविले अपरान्ह आयोग पुगेर निवेदन दिएका हुन् । निवेदन दिएपछि आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै रविले आफ्नो सभापतिमा नयाँ दल दर्ताका लागि निवेदन दिएको जानकारी दिए । एक निर्वाचन क्षेत्रमा मात्र अड्केर नबस्ने र देशभर आवश्यकताअनुसार उम्मेदवार उठाउने उनले बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री रहने शासकीय व्यवस्था अंगिकार गर्ने जानकारी दिँदै नयाँ पार्टी घोषणा कार्यक्रममा रविले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नातावाद र परिवारवाद निषेध गर्ने बताए ।...
रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को प्रस्तावित चुनाव चिन्ह घण्टी, चुनाव चिन्ह घण्टी देखाउँदै भने अब घण्टी बजाउने बेला आयो

रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को प्रस्तावित चुनाव चिन्ह घण्टी, चुनाव चिन्ह घण्टी देखाउँदै भने अब घण्टी बजाउने बेला आयो

Intresting, Lifestyle, News, Tech
पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गर्ने भएका छन् । त्यसका लागि उनले चाँडै निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि बताए ।मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उनले आफू पुराना कुनै पनि दलमा प्रवेश नगर्ने बताउँदै उनले आफू नयाँ दल गठन गर्न लागिपरेको बताए । सोहीअनुसार उनले आफू चुनाव लड्ने उनले घोषणा गरे । धेरै मानिसले भने नयाँ दल बनाउन निकै कठिन हुन्छ । जिल्ला जिल्लादेखि वडा वडासम्म मान्छे राख्नुपर्छ । ती मान्छे कहाँ पाउनु,’ लामिछानेले भने ।उनले आफू केही गर्न नसक्ने अवस्था पार्टीमा नरहने बताए । उनले स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गर्न आउनेका लागि आफूले स्वागत गर्ने बताए । त्यस्तै रविले आफ्नो पार्टीको प्रस्तावित चुनाव चिन्ह घण्टी राखिएको समेत सो कार्यक्रममा जानकारी दिए ।  ...
काठमाडौँका हजारौँ जनताले मन पराएका बालेन शाहलाई किन आरजुले देख्न सकिनन् ? किन उठाइन् बालेनले चुनावमा ठूलो रकम खर्च गरेको कुरा ?

काठमाडौँका हजारौँ जनताले मन पराएका बालेन शाहलाई किन आरजुले देख्न सकिनन् ? किन उठाइन् बालेनले चुनावमा ठूलो रकम खर्च गरेको कुरा ?

Intresting, Lifestyle, News, Tech
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले बालेन्द्र शाहले फेसबुक ग्रुप परिचालन गरेर चुनाव जितेको आरोप लगाएकी छिन् । बालेन सहित स्वतन्त्र उम्मेदवारहरूको जितमा सामाजिक सञ्जाल निर्णायक भएको उनले दाबी गरिन् । पर्वतमा तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जति पनि स्वतन्त्र उम्मेद्धारले चुनाव जितेका छन् उनीहरुले एउटा न एउटा ग्रुप परिचालन गरेर चुनाव जितेको जिकिर गरिन् । यति मात्र हैन उनले बालेनले ‘रुटिन अफ नेपाल बन्द’ नामक पेजमा पैसा खर्च गरेको समेत आरोप लगाईन् । उनले भनिन् अहिले म ओपन्ली भन्न चाहँदिन, उहाँले कतिमा हायर गर्नुभयो ? यत्रो ठूलो आउटरिच भएको रुटिन अफ नेपाल बन्दलाई उसले परिचालन गर्‍यो । एनालिसिस गर्‍यो । राजनीति हो एभ्रि थिङ इज फेयर भन्छ । अब हामीले के गर्ने ? ‘अहिले जो पनि पोलिटिक्स गर्ने भएको भन्दै उनले एक्टर पनि एक्टिङ छाडेर पोलिटिक्स गर्ने, पत्रकार पनि पत्रकारिता...
व्यवस्था परिवर्तन गर्न होइन अवस्था बदल्न राजनीतिमा आएको हुँ : रवि लामिछाने

व्यवस्था परिवर्तन गर्न होइन अवस्था बदल्न राजनीतिमा आएको हुँ : रवि लामिछाने

Intresting, Lifestyle, News, Tech
काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले ठूला दल र तिका नेतहरूलाई सच्चिनका लागि पटक–पटक आग्रह गरेपनि उनीहरू नसिच्चएका कारण आफू राजनीतिमा आउन बाध्य भएको बताएका छन् ।राजनीतिमा धेरै हिलो छ । धुलो टकटक्याउनु छ । नागरिक रोहेको मैले जति कसैले देखेको छैन । केही समय धुलो टकटकाउन केही समय म र दलका नेताहरू उस्तै देखिने छन् । तर नझुक्निुहोला’, काठमाडौंमा आज आयोजित नयाँ राजनीतिक दल घोषणा सभामा उनले भने, ‘प्रश्न सोध्ने सजिलो काम छोडेर जवाफ दिने कठिन ठाउँमा आउँदैछु । म त्यो तपाईंको विश्वास टुट्न दिने छैन ।’ नेपाली जनताले ठूला–ठूला सपना नदेखेको भन्दै उनले जनताको सामान्य काम गरी गरिखान पाए सन्तुष्ट हुने बताए । म यहाँ व्यवस्था परिवर्तन गर्न आएको होइन, तपाईंहरूको अवस्था बदल्न आएको हो । नेताहरू हेलिकोप्टर चढेर सयर गर्छन्, म हेलिकोप्टर चढ््नेको विरोध गर्न खेजेको होइन । तर हेलिकोप्टरसँगै औषधि, खाद्यन्न...