
नयाँ प्रेमी आदिल खानले अभिनेत्री राखी सावन्तको नाममा किनिदिए करोडौ मूल्यको घर
एजेन्सी । राखी सावन्त यतिबेला आफ्नो प्रेम जीवनका कारण चर्चामा छिन् । उनी हरेक दिन केही नयाँ खुलासा गरिरहेकी छिन् । उनको नयाँ प्रेमीले भर्खरै उनलाई बीएमडब्ल्यू कार उपहार दिएका थिए। अब राखीले आफ्नो प्रेमी आदिल खानले आफ्नो नाममा घर किनेको खुलासा गरेकी छिन् ।अभिनेत्री राखी सावन्त प्रायः कुनै न कुनै विषयलाई लिएर चर्चामा रहन्छिन् । तर अहिले राखी आदिल खान दुर्रानीलाई डेट गरेर चर्चामा छिन् ।
दुबैजना प्राय सँगै देखिने गरेका छन्, हालै दुबै छुट्टी मनाउन दुबई गएका थिए । दुबईबाटै अभिनेत्रीले आफ्नो प्रेमी आदिल खानले आफ्नो नाममा घर किनेको खुलासा गरेकी छन् । राखी आफ्नो प्रेमी आदिल खानसँग निकै खुसी छिन् । तर उनको प्रेमीका परिवार यो सम्बन्धबाट पटक्कै खुसी छैनन् । राखी सावन्त आजकाल प्रेमी आदिलसँग दुबईमा रमाइलो गरिरहेकी छिन् ।
एक बयानमा राखी आफैले खुलासा गरिरहेकी छिन् कि उनका प्रेमी आदिल खानले उनलाई बीए...