
भर्खरै ठुलो दुर्घटनाबाट जोगियो बुद्ध एयरको जहाज…
काठमाडौंबाट भद्रपुर उडेको जहाज आकासबाटै काठमाडौं विमानस्थल फिर्ता भएको छ ।फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमान ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । विमानमा ६९ जना यात्रु सवार थिए । जहाज सकुशल अवतरण गरेर प्राविधिक जाँच भइरहेको विमानस्थल श्रोतले जनाएको छ ।
टायरमा समस्या देखिएपछि भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाज बीचबाट फर्किएको हो । काठमाडौंबाट ३० नटिकल माइल उडेको विमान काठमाडौं फिर्ता हुँदा केही समय काठमाडौं विमानस्थल बन्द गरिएको थियो ।
यस्तै आज बिहान काठमाडौंबाट ‘स्टल सेक्टर’मा उडान हुन नसकेको यति एयरले बताएको छ। उडान हुने गन्तव्यहरुको मौसम राम्रो भए पनि इनरुटको मौसम कसले दिने भन्ने अन्यौल रहेका कारण मौसमको जानकारी प्राप्त नभएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए।‘कन्ट्रोल टावर मौसम विभागलाई देखाउँछ, एयरलाइन्सहरुलाई मौसमको आधिकार...