Tuesday, June 6
Shadow

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने तयारी थालेका छन्। उनले चैत ६ गते विश्वासको मत लिने तयारी भइरहेको प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए।‘६ गते विश्वासको मत लिने तयारी छ। कुनै कारणवशः ६ गते विश्वासको मत नलिइए ७ गते लिइन्छ’, उनले भने।

गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ मा विश्वासको मत लिएका थिए। तर, राष्ट्रपति निर्वाचनमा तत्कालीन गठबन्धन भत्किएसँगै राप्रपा र एमालेले सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका थिए।
संविधान अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। सोही अनुसार प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। पुस २६ मा विश्वासको मत लिँदा २६८ मत पाएका थिए। प्रस्तावको विपक्षमा २ मत खसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *