Saturday, March 25
Shadow

शर्मिला वाइवाले सबैको होस उडाइन, वाइवाको यो कामले डाक्टर नै चकित

काठमाडौं । पछिल्लो समय निकै सामाजिक सञ्जालमा भाइरल बनेकी शर्मिला वाइबाले बिहीबार विष सेवन गरेर वीर अस्पताल भर्ना भएको खबर बाहिरिएपछि त झनै तातिरहेको छ– सामाजिक सञ्जाल ।तर, सामाजिक सञ्जालमा शर्मिलाले विष नै सेवन गरेर आत्महत्याको प्रयास गरेको भनिए पनि अस्पतालले भने अहिलेसम्म त्यो पुष्टि गरेको छैन ।

अस्पताल स्रोतका अनुसार शर्मिला विषय सेवन गरिएको भन्ने घटना शंकास्पद देखिएको छ । किनकि वीर अस्पतालमा गरिएको शारीरिक परीक्षणमा विष सेवनको पुष्टि भएको छैन ।बाहिर बुधबार राति करिब १ बजेतिर विष सेवन गरेकी शर्मिलालाई उपचारका लागि वीर पुर्याइएको भनिएको छ । क्रिटिकल अवस्थामा रहेकी उनलाई अस्पताल पुर्याएर तत्काल आइसीयूमा भर्ना गरिएको भनिएको पनि छ ।

तर, अस्पताल स्रोतले बताएअनुसार शर्मिलालाई अस्पताल पुर्याउँदा उनी होसमै थिइन्, अब्जरभेसनका लागि मात्र आइसीयूमा भर्ना गरिएको हो ।अस्पताल भर्ना गरिएको केही समयपछि शर्मिलाको रगतमा विषको मात्र कति प्रतिशत छ भन्ने परीक्षण गर्न रगत टिचिङ अस्पताल लगिएको थियो । तर, परीक्षणमा रगतमा विषको मात्रा केही नदेखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

अस्पताल स्रोत यो पनि भन्छ कि कहिलेकाहीँ विषको असर ढिला पनि देखिन्छ र अहिल्यै निष्कर्षमा पुग्नु छिटो हुन्छ । तैपनि अहिलेसम्म शर्मिलाले विष सेवन गरेको हो भनेर अस्पतालले पुष्टि भने गरेको छैन ।अहिले शर्मिलाको श्वासप्रश्वास, ब्लड प्रेसर, धड्कन, मानसिक अवस्था सबै ठीक छ । ब्लड रिपोर्ट पनि पोजेटिभ छ । यद्यपि, अस्पताल अहिलेसम्म यो निष्कर्षमा छ– शर्मिलाले मुखमा विष हालेर थुकेको वा नखाइकन खाएको नाटक गरेको पनि गरेकी हुन सक्छ।

अभिनेता पल शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेकी शर्मिलालाई गायक गायक राजेशपायल राईले पत्रकार ऋषि धमालसँग नाम जोडेर प्रश्न गरेपछि उनी चिढिँदै आएकी थिइन् । त्यलगत्तै शर्मिलाले विष सेवन गरेपछि त्यहिँ कारण त होइन शर्मिलाले विष सेवन गरेको भनेर बजारमा प्रश्न चलेको छ ।

यसैबीच जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एसिया लघुवित्तका कर्मचारीमाथि कालो मोसो दलिएको छ ।१६ फागुनमा जाजरकोटको भेरी नगरपालिकामा मासिक किस्ता उठाउन गएका लघुवित्तका एकजना कर्मचारीमाथि दुई जना अज्ञात व्यक्तिले कालो मोसो

दलेको पाइएको जाजरकोटका डिएसपी सन्तोष रोक्काले जानकारी दिए । ती कर्मचारीको साथमा रहेको रकमसहित झोला समेत अज्ञात समूहले लुटेर लगेको पाइएको डिएसपी रोक्काले बताए ।डिएसपी रोक्काका अनुसार १६ गते उक्त स्थानमा एनआईसी एसिया लघुवित्तको किस्ता उठाउने

मिति पुगेको र सोही क्रममा लघुवित्तका कर्मचारी किस्ता उठाउन गएका थिए । उनै कर्मचारीलाई दुई जना व्यक्तिले कालोमोसो दलेर किस्ता असुल गरेको रकम सहितको झोला लिएर भागेको उनको भनाई छ । ५ जना नियन्त्रणमा लिएर सोधपुछसमेत भइरहेको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा एकपछि अर्को समस्या देखिएको छ । एकातिर वाणिज्य बैंकहरुको अचाक्ली ब्याजदरको विरुद्धमा ऋणी सडकमा उत्रिएका छन् अर्कोतिर अति विपन्न वर्गको लागि ससानो पूँजी प्रवाह गर्ने लघुवित्तका ऋणीहरु पनि संघर्षमा छन् ।

लघुवित्तले गाउँ-गाउँमा पुगी प्रलोभनमा पारेर ऋण दिएको र ऋण असुल्दा भने आम्दानी नहेरी तनाव दिएको आरोप ऋणीको छ । लघुवित्तले प्रवाह गरेको ऋण कहाँ गएको छ भन्ने अनुगमन गर्दैनन् ।मनपरी ऋण प्रवाह गर्दा लघुवित्तहरु अहिले आफैं संकटमा पर्न थालेका छन् । ऋणीले ऋण नतिर्ने भनिरहेका छन् ।

लघुवित्तले शोषण गरेको भन्दै गाउँ-गाउँमा आन्दोलन चर्किएको छ । समूह नै गठन गरेर आन्दोलनमा उत्रिएका उनीहरुले लघुवित्तबाट लिएको ऋणको साँवा-ब्याज नतिर्ने र लघुवित्त संस्थाहरु नै खारेज गर्नुपर्ने माग गरिरहेका छन् । यस्ता ऋणीहरुमा धेरैजसो मिटरब्याजको ऋण तिर्न लघुवित्तमा जोडिएकाहरु देखिएका छन् ।

यता नियमन निकाय नेपाल राष्ट्र बैंकले लघुवित्तबाट लिएको ऋण तिर्दिनँ भन्दैमा नछोडिने बताएको छ । राष्ट्र बैंक लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रेवती नेपालले लघुवित्तको समस्या कसरी समाधान गर्ने भनेर स्टेक होल्डरसँग छलफल गरिरहेको बताए ।

‘ऋण लगेपछि जसरी पनि तिर्नुपर्छ । बरु मिनाहा होइन, केही समय डिफर गर्न सकिन्छ’, उनले भने, ‘तर, तिर्नु चाहिं जसरी पनि पर्छ ।’उनका अनुसार लघुवित्तहरुले बैंकहरुबाट साढे २ खर्ब लिएर ऋण प्रवाह गरेका छन् । ‘जुन तपाईं हामीले बैंकमा जम्मा गरेको ससानो पूँजी हो ।

छाक काटेर बचत गरेको पैसा ऋणीले फिर्ता नदिए बचतकर्ताले कसरी बचत फिर्ता पाउँछन् ?’, उनको प्रश्न थियो ।यद्यपि असाध्यै गरिब र तिर्नै नसक्ने अवस्था भएकाहरुलाई भने ग्राहक सुरक्षा कोषबाट केही सहज बनाइदिन सक्ने कार्यकारी निर्देशक नेपालको भनाइ छ ।

‘ऋण तिर्न नसकेका ऋणीको व्यवसाय विस्तारमा सघाएर भए पनि लघुवित्तले त्यस्ता ऋणीको ऋण असुल्छ’, उनले भने ।लघुवित्तको समस्याकै विषयमा बुधबार राष्ट्र बैंकले लघुवित्तका सरोकारवाला तथा ऋणीहरुलाई बोलाएर छलफल गरेको थियो । लघुवित्त सुधारका लागि उसले ८ बुँदे निर्देशनसमेत जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *