Sunday, September 24
Shadow

यो देशमा जनताको पार्टी एमाले मात्रै हो, जनतालाई दुख्दा एमाले रुन्छ अरु तमासा देखाउछन : टोपबहादुर रायमाझी

नेकपा (एमाले) का केन्द्रीय सचिव टोपबहादुर रायमाझीले आफ्नो पार्टीले सरकारमा हुँदा गरेका काम जनतासम्म पुर्याउने उद्देश्यले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरिएको बताएका छन्।
प्रेस चौतारी नेपाल, अर्घाखाँची शाखाले सन्धिखर्कमा आज आयोजना गरेको पत्रकार सम्मलेनमा सचिव रायमाझीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने एमालेको मुख्य लक्ष्य रहेको बताए। उनले आउँदो निर्वाचनमा एमालेले बहुमत ल्याउने अभियानका साथ देशभरी ‘मिसन ग्रासरुट’ कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे।

एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा राजन भट्टराईले राष्ट्रपतिको निर्वाचनमा पार्टीको ह्वीप नलाग्ने भएकाले राष्ट्रपतिमा सुवास नेम्वाङ विजयी हुने दाबी गरे। वर्तमान गठबन्धनका कारण देशमा आर्थिक सङ्कट उत्पन्न भएको उनको आरोप थियो।पत्रकार सम्मलेनमा एमाले पोलिट्ब्युरो सदस्य सूर्य थापा, विमला घिमिरे, जिल्ला अध्यक्ष पिताम्वर भुसाललगायतको उपस्थिति थियो।

टर्मिनल भवनमा १७ वटा टिकट काउन्टर, २४ वटा पसल, चारवटा रेस्टुरेन्ट, पत्रकार सम्मेलन कक्ष, तीनवटा भिआइपी कक्ष, बालबालिका खेल्ने, प्रार्थना कक्ष, स्तनपान कक्ष, चारवटा प्राइभेट कक्ष, हललगायत आधुनिक सुविधा रहनेछन् । यस्तै, पुरानो टर्मिनल भवन भएको ठाउँमा पार्किङस्थल बनाउने योजना छ ।

टर्मिनल भवनमा एभिएसी, सिसिटिभी, स्मोक डेस्टिनेसन सिस्टम, फायर आर्लाम, हाइड्रेन्ट, स्प्रिंक्लर सिस्टम, पिए सिस्टम, आइटी सिस्टम, एक्सेस कन्ट्रोल, कम्युनिकेसन सिष्टम, वाटर ट्रिटमेन्ट, ढल ट्रिटमेन्ट प्लान्टजस्ता सुविधाहरू पनि रहनेछन् । यस भवनमा पर्याप्त कमर्सियल स्पेसको व्यवस्था हुने अधिकारीले बताए ।

हाल विराटनगरमा काठमाडौंबाट बुद्ध एयरका सात, यती एयरलाइन्सका चार, सौर्यका दुई र श्री एयरलाइसन्का तीन गरी दैनिक १६ उडान भइरहेका छन् । त्यहाँ एटिआर–७२, एटिआर–४२ सिआरजे २००, डिएचसी–८, डिएचसी–६, बी१९० जस्ता मझौला विमानहरूले सेवा सञ्चालन गर्दै आइरहेका छन् ।

आगामी तीन वर्षभित्र निर्माण कम्पनीले ठेक्का सम्झौतामा उल्लिखित सबै कामहरू सम्पन्न गरिसक्नुपर्ने क्यानका महानिर्देशक अधिकारीले बताए । तर, धावनमार्ग विस्तारका लागि भने अझै ठेक्का सम्झौता भइसकेको छैन । ‘छिट्टै धावनमार्ग विस्तारका लागि पनि ठेक्का आह्वान हुँदै छ,’ क्यान स्रोतले भन्यो, ‘धावनमार्ग विस्तारका लागि करिब २० करोड रुपैयाँ लगानी लाग्ने प्रारम्भिक अनुमान छ ।

पुरानो टर्मिनल भवनलाई यथावत् अवस्थामै राखेर अर्को ठाउँमा नयाँ टर्मिनल भवन बनाउन लागिएको हो । अहिले भइरहेको टर्मिनल भवन पुरानो, साँघुरो र सुविधाविहीन भएपछि क्यान नयाँ टर्मिनल बनाउन कस्सिएको हो । क्यानले विराटनगरसहित भरतपुर, नेपालगन्ज, महेन्द्रनगर, रामेछाप र जुम्ला विमानस्थलको पनि स्तरोन्नति गर्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *