काठमाडौं । रबी लामिछाने बारे सबिता माताले गरेको भविष्यवाणी मिलेको छ । आफुले गरेको भविष्यवाणी मिलेपछी सबिता माता खुसी हुँदै यो दु:खद घटना नभै हुनैपर्ने हटना हो भनेकी छिन ।रबीलाई फेरि ठूलो दशा लाग्ने बताएकी सबिता माताले आज ठ्याक्कै मिलेको छ । रातारात आज अर्को मुद्दा दर्ता भएको छ । फेरि पनि सबिता माताले रबीबारे झन खतरा भन्दै डरलाग्दो भविष्यवाणी गरेका छन ।
Mata Sabita Acharya Youtube Channel मा हिजो प्रकाशन गरिएको उक्त भिडियोमा यो कुरा जानकारी गराएकी हुन । उनीले भनेकी छिन २-२ नागरिकता लिने मान्छे जेलमा पर्छन, त्यसमा मुद्दा लाग्छ ।अनागरिकले केही गर्न पाउँदैन, अनागरिक भएका मान्छे जे ल गएका र त्यस्ता मान्छे आफू कहाँ आएको पनि बताएकी छिन । फैसला न आउँदै धेरैले के हुन्छ भन्ने सोधेको तर आफुले कानुनको बिश्वास गरेको बताइन ।
नेपालको कानुन सफल छ, म बिश्वास गर्छु, म ढुक्क छु कुनैपनी पैसाको चलखेल हुँदैन भनेर प्रतिक्रिया दिएको पनि माताले बताएकी छिन । त्यस्तो प्रतिक्रिया दिदा रबी समर्थकले गाली गरेको नि उनले खोलेकी छिन ।माताले त रबीलाइ मेसेज गरेर नै ३ वा ६ महिनामा तपाइलाई अफ्ठेरो हुँदैछ, मुद्दा लाग्दैछ, पद जाँदैछ भनेको समेत जानकारी गराएकी छिन । त्यसैगरी रबी अनागरिक भएको कारण नै गृह मन्त्रालय रोजेको पनि उनले बताइन ।
बैंक तथा वित्त संस्थाले गुहारे सरकार, सुरक्षा दिन ७७ वटै जिल्लालाई परिपत्रगृह मन्त्रालयले बैंक तथा वित्त संस्था र ती क्षेत्रमा कार्यरत कर्मचारीको सुरक्षालाई ध्यानमा राखी काम गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र जारी गरेको छ।
पछिल्ला दिनहरूमा बैंक तथा वित्त संस्थाका कर्मचारीमाथि दुर्व्यवहार भएको र सुरक्षाको चुनौती समेत रहेको गुनासो बढेपछि मन्त्रालयले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरेर सुरक्षा दिन र अवाञ्छित क्रियाकलाप रोक्न निर्देशन दिएको हो।
यस अघि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले सुरक्षा प्रत्याभूति गराउनका लागि गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाएका थिए।उहाँहरूको (बैंक तथा वित्त संस्थाको) तर्फबाट ध्यानाकर्षण पनि आएको थियो। विभिन्न जिल्लाहरूमा अवाञ्छित क्रियाकलाप समेत भएको सूचनाका आधारमा हामीले परिपत्र जारी गरेका छौं,’ गृह मन्त्रालयका सह-सचिव जितेन्द्र बस्नेतले सेतोपाटीसँग भने।
मंगलबार मात्रै जाजरकोटको भेरी नगरपालिकामा एनआइसी एशिया लघुवित्तका कर्मचारीमाथि मोसो दलिएको थियो। मासिक किस्ता उठाउन गएका लघुवित्तका एक जना कर्मचारीमाथि दुई जना व्यक्तिले मोसो दलेका थिए।यसअघि व्यवसायी दुर्गा प्रसाईंसहित विभिन्न क्षेत्रबाट केही व्यक्तिहरूले बैंक तथा वित्त संस्थाले ज्यादती गरेको आरोप लगाउँदै ऋण तथा ब्याज नतिर्ने अभियान समेत चलाएका थिए। प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत सामेल गराएर ऋण तथा ब्याज नतिर्न आह्वान गरेका थिए।
बैंक तथा वित्त संस्थाबाट लगेको ऋण नतिर्ने अभियान चलाउने र कर्मचारीमाथि दुर्व्यवहार हुन थालेपछि बैंक तथा वित्त संस्थाका कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गरेर विरोध जनाएका छन्।सिटिजन्स बैंक र सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीबीच समझदारी
सिटिजन्स बैंक र कमलपोखरी स्थित सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीबीच सम्झौता भएको छ। बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिनेगरी समझदारीपत्रमा हस्ताक्षर भएको हो।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीमा १० प्रतिशतसम्मको छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।
बैंकले डिजिटल बैंकिङ्गमाध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानीगर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री विभिन्न सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिन्छ।यो बैंकले देशैभर फैलिएका आफ्ना १८२ शाखा, १३४ एटिएम र ९७ शाखारहित बैंकिङ इएकाईबाट सेवा दिँदै आएको छ। हाल बैंकका १५ लाख ९५ हजार ग्राहक छन्।