Saturday, March 25
Shadow

सामाजिक अभियन्ता शर्मिला वाइवाले वि’ष खाइन्, वीर अस्पतालमा भर्ना

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल ‘अभियन्ता’ शर्मिला वाइवाले विष सेवन गरेकी छन् । पछिल्लो समय विवादमा रहेकी शर्मिला बाइबाले विष पिएर आत्महत्या प्रयास गरेकी छन् । उनले बुधबारी राति विष पिएको बताइएको छ ।विष पिएको थाहा पाउनेबित्तिकै उनको उद्धार गरेर वीर अस्पतालमा उपचारका लागि लगिएको थियो ।

काठमाडौँको बानियाँटारमा बस्दै आएकी बाइबाले आफ्नै निवासमा विष पिएको र अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।अस्पताल स्रोतका अनुसार बाइबाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र हाल आइसियूमा राखेर उपचार भइरहेको छ ।

वाइवा अहिले बोल्न सक्ने अवस्थामा छिन् । यद्यपि उनले विष पिउनुको कारण खुल्न सकेको छैन । उनी आफू बोल्न सक्ने अवस्थामै रहे पनि यसबारे केही खुलाएकी छैनन् ।पछिल्लो समय बाइबाले पत्रकार ऋषि धमलासँग आफ्नो सम्बन्ध रहेको भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै विवादमा आएकी थिइन् । उनी आफूलाई सामाजिक अभियन्ता बताउँछिन् । निकट स्रोतका अनुसार केही समयदेखि उनी डिप्रेसनमा छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *