Thursday, March 23
Shadow

फोटोसप गरेर चरित्रह’त्या गरिएको भन्दै समीक्षा अधिकारीले जनाइन् आपत्ति भनिन- ‘प्लिज यसो नगरिदिनुहोला’

काठमाडौं । गायिका समीक्षा अधिकारीले लेख्दै नलेखेको कुरा जथाभावी फोटोसप गरेर चरित्र हत्या गरिएको भन्दै त्यसप्रति आपत्ति जनाएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा आफूले लेख्दै नलेखेको कुरा भाइरल बनाएर चरित्र हत्या गरिएकोमा आपत्ति जनाउँदै त्यसो नगर्न सबैलाई आग्रह पनि गरेकी छन् । उनले लेखेकी छन्, ‘हुँदा हुँदै फोटोसप गरेर यतिसम्म चरित्र हत्या ? प्लिज यसो नगरिदिनुहोला।’

माथिको उक्त स्टाटस अरु कसैले फोटोसप गरेर भईरल बनाएपछि उनले आफुले नलेखेको बताउदै चरित्रहत्या गरिएको स्प्रष्टिकरण दिएकी हुन् । पल शाह जेलमुक्त भएपछि समीक्षाले फेरि सँगै काम गर्ने भनेर लेखेको स्टाटस भाइरल भएको थियो ।

साथै, सामाजिक सञ्जाल फेसबुकमा ‘समीक्षा अधिकारी’ शब्द ‘पपुलर नाउ’मा परेको छ । अर्थात् उक्त शब्द फेसबुकमा अत्यधिक खोजिएको छ । उनका नाममा भएका कयौँ अनधिकृत फेसबुक पेज तथा अकाउन्टमा नकारात्मक प्रतिक्रियाको बाढी नै देख्न सकिन्छ ।

यसअघि पनि गायिका अधिकारीले नकारात्मक कमेन्ट गर्नेमाथि साइबर अपराधको मुद्दा हाल्ने बताएकी थिइन् । साइबर ब्यूरोले पनि आन्तरिक रूपमा गायिका समीक्षा अधिकारीका सामाजिक सञ्जालका अकाउन्टमा निगरानी राखेको उल्लेख गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *