एजेन्सी । क्यान्सर भन्नसाथ हामी ठान्छौ, उपचार नहुने रोग । वा प्रा’णघा’तक । तर, यो त्यसबेला मात्र घा’तक हुन्छ, जब यसको लक्षणलाई बेवास्ता गरिन्छ । र, त्यसले जटिल अवस्थामा प्रवेश गर्छ । क्यान्सरको उपचार संभव छ । यदि सुरुवाती चरणमै त्यसको लक्षण फेला पर्यो भने उपचार गर्न सकिन्छ ।
हामीकहाँ त्यस्ता थुप्रै उदाहरण पनि छ, जसले क्यान्सरको सफलतापूर्वक उपचार गराए । यसका लक्षणहरु थाहा पाएपछि तुरुन्तै उपचार गराउनुपर्छ, क्यान्सरबाट बच्न सकिन्छ । अत यहाँ क्यान्सरका लक्षणबारे जानकारी गराइएको छ ।
स्त’नमा परिवर्तन : स्त’न क्यान्सरले धेरैको ज्या’न लि’ने ग’रेको छ । अचम्म त के भने, महिला मात्रै होइन, पुरुष पनि यसको चपेटामा पर्छन् । यसका धेरै लक्षण हुन्छन् । जस्तै स्त’नमा गाँठो, नि’प्प’लको रंगमा परिवर्तन, नि’प्प’ल चिलाउने, रेशा, नि’प्प’लभित्र मोडिनु । तर, यो कुरालाई पनि ध्यानमा राख्नुपर्छ कि यिनीहरु स्त’न क्यान्सरका पक्का प्रमाण होइनन् । कहिलेकाहीँ हा’र्मोनको परिवर्तनले वा स्वास्थ्यसम्वन्धि अन्य कारणले पनि यस्तो हुन सक्छ । त्यसैले डाक्टरको परामर्श लिनु राम्रो हुन्छ ।
मू’त्र वा म’लबाट र’गत निस्किनु : पि’साब वा दि’सा गर्दा र’गत निस्कियो भने तुरुन्त अस्पताल गएर चेकअप गराइहाल्नुपर्छ । किनकी यो किड्नी वा पि’साबको थै’लीमा क्यान्सरको संकेत पनि हुन सक्छ । यसका अलावा पाचन वा शौच सम्वन्धी बानीमा स्थायी परिवर्तन आउनु । जस्तै लामो समयसम्म कब्जियत, डायरिया वा अधिक दिसा हुनु कोलोन क्यान्सरको लक्षण हुन सक्छ ।
अचानक तौल घट्नु : खास अरु कारण बिना नै अचानक धेरै तौल कम भयो भने यो चिन्ताको बिषय हुनसक्छ । यसको अन्य कारण पनि हुन सक्छ, तर अन्नाशय, फोक्सोका वा पेटको क्यान्सरको सम्भावनालाई पनि नकार्न सकिँदैन ।
मुखमा कत्ला आउनु : सामान्यतया दुई हप्तामा कुनै पनि कत्ला ठिक हुन्छ । तर, योभन्दा बढि समय लाग्यो भने चिन्ताको विषय हो । यसको अलावा आवाजमा परिवर्तन, निल्नमा समस्या, मुखभित्र सेतो वा रातो रंगको निसान देखिनु मुखको क्यान्सरको सुरुवाती लक्षण हुन सक्छ ।
ज्वरो : लामो समयसम्म ज्वरो ठिक भएन भने ब्लड क्यान्सरको सुरुवाती लक्षण हुन सक्छ । त्यसो त क्यान्सरबाट पिडित सबैजसो बिरामीलाई ज्वरो आउँछ । यो प्रतिरक्षा प्रणाली कमजोर भएको कारणले गर्दा हो ।
रुँघा : एक महिनाभन्दा लामो समयसम्म लगातार खोकि लाग्यो, खोक्दा रगत आयो, सास फेर्न असुविधा भयो भने पनि क्यान्सरको लक्षण हुन सक्छ । यस्तो अवस्थामा तुरुन्त डाक्टरलाई भेट्नु उचित हुन्छ ।
दुखाई : दुखाईका कैयन कारण हुन सक्छन् । तर बिना कुनै कारण एक महिना वा सोभन्दा बढि समयसम्म दुखाई जारी रह्यो भने यो हड्डी, ब्रेन वा अन्य क्यान्सरको संकेत हुन सक्छ । यसैगरी लगातारको टाउको दुखाइ ब्रेन टय्ूमरको लक्षण हुन्छ । जबकि कोलोन, रेक्टम वा ओवरीमा क्यान्सरका कारण पिठ्यूमा दुखाई हुन्छ । लंग क्यान्सरबाट पिडित केही रोगीमा छातिमा दुखाई हुन्छ । यो सबै क्यान्सर फैलिँदाको पीडा हो ।
थकान : दिनभरको भागदौड र तनावबाट थकान महसुस हुनु सामान्य कुरा हो । तर, बिना कुनै मिहनेत र सही खानपिनका बाबजुद पनि थकाईको महसुस हुन्छ भने ब्लड क्यान्सरको लक्षण हुन सक्छ । यसका अलावा कोलोन वा पेटको क्यान्सर भएमा पनि रगतको कमि हुन्छ र अत्यधिक थकानको महसुस हुन्छ ।
र’क्तश्रा’व : मा’सिक ध’र्मका अलावा अचानक ब्लि’डि’ङ हुनु का’र्विनल क्यान्सरको संकेत हुन सक्छ । यसका अलावा रे’क्टम अर्थात् म’लद्वारबाट रक्त’श्रा’व (जो कालो दिशाका रुपमा देखिन्छ) को’लोन क्यान्सरको लक्षण हुन सक्छ । यस्तो कुनै किसिमको समस्या छ भने तुरुन्त जाँच गराउनुपर्छ । मा’सिक ध’र्मका दौरान पनि सामान्यभन्दा अ’त्यधिक र’क्तश्रा’व भयो भने चिन्ताको विषय हुन्छ ।
पेट फुल्नु : पेट फुल्नु एउटा सामान्य समस्या हो । खासगरी महिलाहरुमा । यो अक्सर अपच, प्रीमेन्सुरल सिन्ड्रोम वा प्रेग्नेन्सी इत्यादीको कारण हुन्छ । तर, यदि लगातार दुई हप्ताभन्दा बढि समयसम्म पेट फुलिरह्यो र ब्लिडिङ तथा वेट लस पनि भयो भने चिन्ताको विषय हुन्छ । यो ओवेरियन क्यान्सरको संकेत हुन सक्छ ।
अ’न्डको’षमा ब’दलाव : पु’रुषको अ’न्डको’षमा गाँ’ठो, सु’न्निएको, दुखाई वा कुनै प्रकारको अन्य बदलाव वा समस्या आयो भने तुरुन्तै डाक्टरकहाँ जानुपर्छ । किनभने टे’स्टि’कुलर क्यान्सर अहिले धेरै दु्रत गतिमा फैलिइरहेको छ । डाक्टरका अनुसार १५ देखि ५५ वर्षसम्म उमेरका पुरुषले १-२ महिनामा यसको जाँच गराइरहनु पर्छ ।
पि’साब फे’र्न समस्या ; बढ्दो उमेरसँगै प्रो’स्टेट ग्ल्या’न्ड बढ्छ । यसको कारण पि’साब फेनर्ृ समस्या, लगातार पि’साब आउनुजस्ता समस्या उत्पन्न हुन्छन् । तर, यो प्रो’स्टेट क्यान्सरको सुरुवाती संकेत पनि हुन सक्छ ।
निल्नमा समस्या : कहिलेकाहीँ गला सुक्दा वा सुन्निदा खाना खान र पानी पिउन समस्या हुन्छ । सामान्यतया गलामा इन्फेक्सनको कारणले यस्तो हुन्छ । तर कहिलेकाहीँ यो मुख वा गलाको क्यान्सरको कारणले पनि हुन सक्छ । यदि लामो समयसम्म खाना वा पेयपदार्थ निल्न समस्या पर्यो भने डाक्टरलाई भेटिहाल्नुस ।
मुसा वा कोठीमा परिवर्तन : कोठी, मुसा आदीको रंग वा आकारमा अचानक परिवर्तन आउनु स्किन क्यान्सरको सूचक हुन सक्छ । यसैगरी छाला कालो वा पहेँलो हुनु, चिलाउनु वा एकदमै छिटो कपाल बढ्नु पनि क्यान्सरको लक्षण हुन सक्छ ।