Saturday, March 25
Shadow

तीन दलको बैठकपछि प्रचण्डले भने- फाइनल भएको छैन, भोलि एमाले अध्यक्षसँग पनि छलफल हुन्छ

काठमाडौं : सिंहदरवारमा भएको तीन दलको बैठक निष्कर्षविहीन बनेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति उम्मेदवारको विषय फाइनल नभएको बताए।

माओवादी संसदीय कार्यालयमा बसेको बैठकपछि उनले सञ्चारकर्मीलाई सबैसँग छलफल जारीफ रहेकाले अहिल्यै फाइनल नभएको बताए।

उनले भोलि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल हुने बताए। ‘भोलि एमाले अध्यक्षसँग पनि छलफल हुन्छ। सम्भवतः दिउँसोतिर बस्छौं,’ उनले थपे, ‘सबैको सबैसँग छलफल चलिरहेको छ। अहिल्यै केही टुंगो लागेको छैन।

राष्ट्रपति कसलाई बनाउने भन्ने विषय पेचिलो बन्दै गएपछि बिहीबार प्रधामन्त्रीको सक्रियतामा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच छलफल भएको हो। छलफलमा तीनै पार्टीका शीर्ष नेताहरूको सहभागी रहेको थियो। निर्वाचनअघिकै पाँच दलीय गठबन्धन ब्युँताउने प्रयासस्वरुप आज तीन दलको बैठक बसेको हो।

बुधबार माओवादी र कांग्रेस नेताहरूबीच बालुवाटारमा छलफल भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *