Thursday, March 23
Shadow

सरकारी कार्यालय शनिबार बाहेकका बिदामा खोल्ने तयारी

काठमाडाैं । सरकारले शनिबार बाहेकका सार्वजनिक बिदाका दिन सरकारी कार्यालय खोल्ने तयरी गरेको छ।

बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्काे बैठकले यस्ताे तयारी गरेकाे हाे । बिदा धेरै हुँदा सार्वजनिक सेवा प्रवाहमा प्रभाव परेको भन्दै बैठकमा बिदाकाे बारेमा छलफल भएको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

सार्वजनिक बिदा धेरै हुँदा सार्वजनिक सेवा प्रवाह नै प्रभावित हुने देखिएकाे ति मन्त्रीकाे भनाइ थियाे । त्यसैले कर्मचारीहरूलाई सट्टा बिदा दिएर भए पनि शनिबार बाहेकका सार्वजनिक बिदामा अत्यावश्यक सरकारी कार्यालय खोल्ने बारेका बैठकमा छलफल भएकाे मन्त्रीले बताए ।

सरकारले संवैधानिक परिषद सम्बन्धी विधेयक संसदमा लैजाने सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *