काठमाडौं : दीपकराज ठकुरीको दुई गोलप्रेरित सातदोबाटो युथ क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा सातदोबाटोले रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो।
घरेलु फुटबलको पावरहाउस पुलिस क्लबलाई सुरुआतदेखि नै दबाबमा राखेको सातदोबाटोले पहिलो हाफको इन्जुरी समयमा १–० को अग्रता लिएको थियो। दीपकले पेनाल्टी एरिया भित्रबाट उत्कृष्ट फिनिसिङ गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए।
दोस्रो हाफको सुरुआतमा आक्रामक देखिएको पुलिसका लागि प्रविण थापाले ४८औं मिनेटमा गोल गरेका थिए। सातदोबाटोका गोलकिपर अशोक बरालले बल पूर्ण नियन्त्रणमा लिन नसक्दा सोही गल्तीको फाइदा उठाउँदै दीपकले बराबरी गोल फर्काएका थिए।
रोमाञ्चक खेलको ६९औं मिनेटमा पुनः दीपकले गोल गर्दै सातदोबाटोको जित सुनिश्चित गरे। जितसँगै अन्तिम चारमा पुगेको सातदोबाटोले फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी फुटबल र न्यूरोड टिम (एनआरटी)को विजेतासँग खेल्ने छ।
आर्मी र न्यूरोड भोलि बिहान ११ बजे एन्फा कम्प्लेक्समै आमनेसामने हुनेछन्। पहिलो पटक आयोजना भएको प्रतियोगितामा कुल तीन खेल जित्ने टिम च्याम्पियन बन्ने छ।
च्याम्पियन बन्ने टिमले १०, उपविजेताले पाँच लाख, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले जनही एक लाख तथा उत्कृष्ट गोलकिपरले ५० हजार प्राप्त गर्ने आयोजनले जनाएको छ।
यस्तै, हरेक खेलका विजेताले २५ हजार तथा प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ। बिहीबारको विजेता सातदोबाटोले २५ हजार तथा दीपकराज ठकुरीले १५ हजार रुपैयाँ प्राप्त गरेका छन्।
फागुन १७ गते सकिने प्रतियोगितामा ए डिभिजन लिगका सात क्लबहरू-सातदोबाटो, जावलाखेल, न्यूरोड टिम, नेपाल पुलिस, चर्च ब्वाइज, मछिन्द्र, त्रिभुवन आर्मी र आयोजक केपी ओली फुटबल क्लब गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन्।
May I simply just say what a comfort to uncover an individual who actually knows what they are talking about on the web. You definitely know how to bring a problem to light and make it important. More people need to look at this and understand this side of the story. I was surprised that you arent more popular because you most certainly have the gift.
I was excited to find this great site. I wanted to thank you for your time due to this wonderful read!! I definitely savored every part of it and i also have you book marked to see new stuff in your web site.
Very good blog post. I absolutely appreciate this website. Thanks!
Nice post. I learn something totally new and challenging on sites I stumbleupon everyday. It will always be exciting to read content from other writers and practice a little something from other sites.