गत वर्षको असार र अहिलेको असार बीचमा खासै केही फरक छैन । मौसम उस्तै छ, बेलाबेला झरी परिरहेको छ । मजस्तो सामान्य जागिर गरेर जीविकोपार्जन गर्ने मानिसका लागि १२ महिनापछि आएको असार त्यति सहज छैन, जति सहज १२ महिनाअघिको असारमा थियो ।
यो असारमा मेरो चुल्होमा बल्ने एलपी ग्यासलाई १८ सय तिर्नुपर्छ । अघिल्लो असारमा १४५० मात्रै पर्थ्यो । उक्त विघटन गैर संवैधानिक भयो भनेर उनको चर्को विरोध भयो । वृहत् नागरिक आन्दोलनले सडक सङ्घर्ष सुरु गर्यो ।
यही असारमा ६० रुपैयाँ किलो पर्ने चामलको पिठो १३० पुग्यो । यही असारले ९० रुपैयाँ पर्ने ताइचिन चामललाई १५० पुर्याइदियो । २३० पर्ने सनफ्लावर तेललाई ३५० पुर्याइदियो । १४० पर्ने मुसुरो दाललाई १७५ पुर्याइदियो । २१० पर्ने डाल्डाको घिउ ३३० पुर्याइदियो ।
२४० पर्ने काँचो तोरीको तेल ३८० पुर्याइदियो यही असारले । अघिल्लो असारमा यति बेला केपी शर्मा ओली प्रधानमन्त्री थिए, अहिले शेरबहादुर देउवा हुनुसँग मेरो कुनै साइनो छैन।
तर ओलीले छाडेर गएको बजार मूल्य एक वर्षमै यति सारो किन आकासियो ? नागरिकले देउवासँग प्रश्न गर्न पाउने कि नपाउने ? कि प्रश्न गर्दा प्रतिगमनको पक्षधर भइन्छ ?
तरकारीहरू छुनै सकिन्न । फलफूललाई किन्नै सकिन्न । हरियो धनियाँको पत्ती मात्रै १००० रुपैयाँ किलोभन्दा महँगो पर्छ । काउली, च्याउहरूलाई छुनै सकिन्न । पसलमा गएर रेट सोधेर मात्रै फर्कनुपर्ने स्थिति छ ।
सानो सपना, साना रहर र साधारण जीवन जिउन रुचाउने हामीजस्ताका लागि यो महँगीले नराम्रोसँग ढाड सेकाइरहेको छ । उकुसमुकुस बनाइरहेको छ । तर, यसको जिम्मा कसले लिन्छ ?
कसका कारण आमनागरिककोे जीवन दिनप्रतिदिन यसरी जटिल बनेर गइरहेको छ । कसका कारण एउटा सामान्य नागरिकलाई किराना पसलेले पत्याइरहेको छैन ? किराना पसलको उधारो तिर्न सकिरहेका छैनन् ।
माइतीघरको सडकबाट सिंहदरबार छिरेको सरकारले शताब्दीऔंदेखि सडकमै रहेका नागरिकका जीवनलाई कति असहज बनाएका छन् भनेर बुझ्नलाई तपाईँ पेट्रोलपम्पअघि एक घण्टा मात्रै उभिनुहोस् ।
११० पर्ने डिजेललाई १९२ तिरिरहेका नागरिकलाई हेर्नुहोस् जीवन कति असहज बनिरहेको छ । १२७ प्रतिलिटर तिरिरहेको पेट्रोललाई १९९ तिरिरहेका नागरिकलाई सोध्नुहोस्, महँगीले कहाँ कहाँ हिर्काएर थला पारेको छ ।
उत्तर सहज छैन । तर, त्यति जटिल पनि छैन कि जसको ठोस उत्तर पाउनका लागि रिसर्च नै गर्न परोस् । गत वर्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे ।
यही बीचमा नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको नेतृत्वमा पार्टीका आधा नेताहरू सडकमा आए ।एमालेभित्रकै नेपाल, झलनाथ खनाल लगायतले २३ जना प्रतिनिधसभा सांसद लिएर नेकपा समाजवादी पार्टी गठन गरे ।
‘हामी यहाँ छौँ’ भनेर सडकमा आएका नेताहरूको मूल उद्देश्य प्रतिनिधिसभा विघटन भन्दा पनि विघटनलाई कारण देखाएर सडकमा छरपस्ट पारिएको पार्टीको आन्तरिक अन्तरसंघर्ष थियो ।
जसको परिणति पाँच वर्षका लागि जनताको मत पाएको नेकपा तीन टुक्रामा विभाजित मात्रै बनेन, बहुमतको जनमत पाएको सरकार ढल्यो । ओली पदबाट पदच्युत भए । इतिहासकै विशाल पार्टी एकता गरेका नेताहरू एमाले, माओवादीमै फर्किए ।
एमालेभित्रकै नेपाल, झलनाथ खनाल लगायतले २३ जना प्रतिनिधसभा सांसद लिएर नेकपा समाजवादी पार्टी गठन गरे । उधारोका लागि याचना गरिरहेका निमुखा नागरिकको सुकेको ओठलाई हेरे पुग्छ । उनीहरूको निन्याउरो अनुहारलाई हेरे पुग्छ ।
पाँच वर्षसम्म सरकारमा जाने कल्पना पनि नगरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्यो । यसपछि बदलिएको राजनीतिक कोर्सले आम नागरिकको जीवनमा कति प्रभाव पार्दै गयो, जम्मा किराना पसलमा एक घण्टा उभिएर हेरे पुग्छ ।
माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । दैनिक बालुवाटारमा बैठक बस्छन् ।
कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?
माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ?
फेरि उनीहरू माइतीघरमा आएर ‘हामी यहाँ छौँ’ भन्नका लागि के नयाँ सरकार गठनकै प्रक्रिया सुरु हुनुपर्ने हो ? यस वेला उनीहरूलाई आम नागरिक एकै प्रश्न सोधिरहेका छन्, ‘तपाईँहरू कहाँ हुनुहुन्छ ?’ जवाफ दिनु पर्छ कि पर्दैन ?