Thursday, March 23
Shadow

उद्दारका लागि इराक र कुवेतबाट नेपाली चेलीको चीत्कार

कुवेत गएकी सिन्धुपाल्चोककी रजिना कार्की र इराक पुगेकी मिना धिमाल अहिले संकटमा छन् । रजिना सिकिस्त अवस्थामा छिन् । उनको उद्दार गरिदिन आग्रह गर्दै आफन्तहरु हाम्रो कार्यालयमा आएका छन् । मोरङ उर्लाबारीकी मिना धिमाल चाहिँ इराकमा आफू काम गर्ने कम्पनीका साहुबाट कुटपिटमा परेकी छिन् ।

यी दुई चेलीले खेपिरहेको समस्या बारे एउटा रिपोर्ट तयार पारेका छौं । यस्तो रिपोर्ट तयार पार्नुको उद्देश्य उनीहरुका सम्बन्धमा चासो लिनु पर्ने वैदेशिक रोजगार विभागको ध्यानाकर्षण गराउनु पनि हो ।सिन्धुपाल्चोक बलेफि गाउँपालिका १ की रजिना कार्की कुवेतमा बिचल्लीमा परेकी छिन् । घरेलु कामदारका रुपमा उनी कुवेतको जिलिप भन्ने स्थानमा पुगेकी छिन् । पहिले काम गर्ने घरमा घरमालिकको चर्को शोषणमा परेपछि उनी दोस्रो घरमा काम गर्न पुगिन् ।

तर, त्यहाँ पुगेपछि अहिले उनी बिरामी छिन् । काम गर्न सक्ने अवस्थामा पनि छैनन् । दुई महिनादेखि वेडमै थलिएकी रजिनाले आफ्नी दिदीलाई भिडियो सन्देश पठाएकी थिइन् ।
रजिना दिदीलाई उक्त भिडियो सन्देश पठाएपछि उनका आफन्तहरु पनि निकै तनावमा छन् ।

आफन्तहरु उनको उद्दारका लागि सिधा कुरा जनतासँगको सहारा खोज्दै आफन्तहरु हाम्रो सम्पर्कमा आएका छन् ।रजिना छाती दुख्ने र बेला बेला मुखबाट रगत आउने समस्याबाट अहिले प्रताडीत बनेकी छिन् । उनलाई कुन रोगको समस्या देखिएको हो ? एकिन छैन् । कारण उनले उपचार नै पाउन सकेकी छैनन् ।

एजेण्ट राम लामा र पूर्ण बहादुर सोटी मगरले रेजिनालाई भारतीय बाटो हुँदै कुवेतमा पुर्याएका थिए । त्यसमाथि रोजगारीका लागि भन्दै भिजिट भिसामा एजेण्टहरुले त्यहाँ पुर्याएका थिए । एजेण्ट मगर अहिले दुबईमा छन् भने लामा चाहीँ कुवेतमै छन् । यी दुबैले रजिना बिरामी पर्दा न उनको उपचारमा चासो दिएका छन् न त नेपाल फर्काउन पहल नै गरिरहेका छन्। सामान्य विरामी त जो पनि हुन्छ नि भन्दै पन्छिने गरेका छन् । उल्टै रजिनाको परिवारसँग पैशाको बार्गेनिङ गरिरहेका छन् ।

सामान्य उपचार अहिले रजिना आफैले गराएकी छिन् । तर, उनीको शल्यक्रिया गर्नुपर्ने सम्मका जटिल समस्या रहेको चिकित्सकले बताइरहेका छन् । दुइ महिना भित्र शल्यक्रिया नगरे स्वास्थ्य झन् बिग्रिने खतरा रहेको चेतावनी समेत चिकित्सकको छ ।

तर, यस्तो गम्भिर अवस्थामा पनि उनी उपचार नपाएर विदेशमा छट्पटिरहेकी छिन् ।
सिधाकुरालाई इराकबाट समेत अर्की चेलीको भिडियो सन्देश, उद्दारका लागि गुहार

यस्तै इराकबाट समेत अर्की नेपाली चेलीले उद्दारका लागि गुहार मागेकी छिन् । हाल इराकको बगदादमा रहेकी मोरङ उर्लावारीकी मिना घिमालले आफुलाई कम्पनीका मालिकले कुटपिट गरेको गरेको बताएकी छिन्। मिनाले सिधा कुरा जनतासँगलाई पठाएको भिडियो सन्देशमा बताए अनुसार मालिकले उनलाई छातिमा लात्तै लात्ताले हिर्काएका छन् । भिडियोमा उनले आफुलाई इराक पुर्रयाउने एजेण्टहरुको समेत नाम बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *