काठमाडौं । राजधानीको पुरानो बानेश्वरमा शनिबार आफ्नै सात वर्षीया छोरीको घाँटी रेटेर हत्या गरी आफूले पनि आत्महत्या गरेका बाबुको सुसाइट नोट भेटिएको छ । प्रहरीका अनुसार रामेछाप खाँडादेवीका किशोर भण्डारीले छोरीको हत्या र आफूले आत्महत्या गर्नुभन्दा अगाडि लेखेको सुसाइट नोट फेला परेको हो ।
सुसाइड नोटमा छोरीकै कारण आफूले आत्महत्या गर्नपरेको भण्डारीले उल्लेख गरेको प्रहरीको भनाइ रहेको छ । छोरी शारीरिक रुपमा अशक्त रहेको र उनको उपचारका लागि आफूले पहल गर्न नसकेको कारण दिक्क लागेको भण्डारीले उल्लेख गरेका छन् ।
भण्डारीकी श्रीमति भने शनिबार ६ महिना छोरो लिएर पेप्सिकोलास्थित आफन्तकोमा गएकी थिइन् । उनी दिउँसो फर्केर आउँदा डेराका ढोका लगाइएको थियो ।भित्रैबाट बन्द भएपछि छिमेकीको सहयोगमा श्रीमतिले ढोका फोडेकी थिइन् ।अहिले प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। दुवै शवलाई पोस्टमार्टमका लागि लाने तयारी भइरहेको छ ।