Thursday, March 23
Shadow

अमेरिकन नागरिकले चितवन- २ का मतदातालाई भेँडा बनाए, नागरिकता वितरण गर्ने मन्त्रीको नागरिकता छैन

अमेरिकन नागरिकले चितवन- २ का मतदातालाई भेँडा बनाए, नागरिकता वितरण गर्ने मन्त्रीको नागरिकता छैनअमेरिकन नागरिकले चितवन- २ का मतदातालाई भेँडा बनाए, नागरिकता वितरण गर्ने मन्त्रीको नागरिकता छैन

काठमाडौं । अधिवक्ता स्वागत नेपालले नेपालको गृहमन्त्रीको नागरिकता नरहेको विषय निकै घिन लाग्ने संसारकै कुरुप चित्र रहेको टिप्पणी गरेका छन् ।मंगलबार एउटा टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा अधिवक्ता नेपालले नागरिकता नभएपछि मन्त्रीको गृहमन्त्रीको पद फुत्किएपछि नागरिकता लिन सीडीओ कार्यालय जानु भनेको संसारकै कुरुप चित्र रहेको बताए ।

उनले भने, ‘जुन देशमा नागरिकता दिने मन्त्रालयको मन्त्रीकै नागरिकता छैन ।’ ‘नागरिकता लिन लाइनमा भनेर झुठो फोटो त आयो । रवि लामिछानेजीले नागरिकता सोफामा बसेर लिनुभयो’, उनले भने, ‘मन्त्री खुस्किएपछि नागरिकता दिने मन्त्रालयको मन्त्री नागरिकता लिन गयो ।’

अधिवक्ता नेपालले भने, ‘मान्छेले यसलाई फेरि प्र्रशंसा गरे । यो संसारकै कुरुप चित्र थियो । संसारको घिनलाग्दो चित्र त्यही थियो । जहाँ नागरिकता दिने मन्त्रालयको मन्त्री नागरिकता रहेन रहेछ भनेर फेरि नागरिकता लिन गयो ।’

‘यसको समाचार त त्यो हुनु पर्ने थियो । संसारको कुरुप र घिनलाग्दो चित्रमा यस्तो पात्र उभिइरहेको थियो । जसले सारा देशलाई ढाँट्यो । सारा जनतालाई ढाँट्यो । अदालतलाई ढाँट्यो’, उनले भनेका छन् ।

‘हाम्रो नेपालको पासपोर्ट देख्नेवित्तिकै विदेशीहरूले किन घृणा गर्छन् ? किन भने यो देशको गृहमन्त्री भन्नेसँग आफ्नै पनि राहदानी झुठो हुन्छ’, अधिवक्ता नेपालले भनेका छन् ।

‘त्यसैले नेपालको राहदानी संसारमा हेपिनेमा पहिलो छ’, उनले भने, ‘यसका कु–पात्रहरू यिनीहरू नै हुन् । देशका विरुद्ध जासुसी गर्नेलाई कारबाही गर्ने शासक चाहिएको छ ।’

‘हामी सर्वसाधारण भएको भए हामी हिरासतमा हुने थियौं’, उनले भने, ‘नागरिकता दुरुपयोग गरेको विषयमा धेरै नागरिक हिरासतमा परेका छन् ।’

अधिवक्ता नेपालले भने, ‘राहदानी दुरुपयोग गरेको अभियोगमा धेरै सांसदहरू हिरासतमा परेका छन् ।’

‘दोहोरो पासपोर्ट लिने मान्छेलाई पाँच वर्ष न्यूनतम कैद सजाय हुनेछ । अहिलेसम्म झुठ्ठा विवरण पेस गरेर राहदानीको दुरुपयोग गर्नेहरूलाई यसरी प्रमाणित भएकाहरूलाई १ वर्षभन्दा कम जेल नबसेको कोही छैन’, उनले भनेका छन् ।

‘सामन्तहरू, सुकिला मुकिला, पपुलरहरूका लागि बेग्लै कानून छ । सर्वसाधारणका लागि बेग्लै कानून छ’, अधिवक्ता नेपालले भनेका छन् । उनले भने, ‘रवि लामिछानेले व्यवस्था परिवर्तन होइन, अवस्था परिवर्तन गर्न आएको भनेको होइन ? आफ्नो अवस्था परिवर्तन गर्न रहेछ । त्यो त देखियो नि ।’

चितवन २ बाट प्रतिनिधि सभामा अत्याधिक मतसहित निर्वाचित भएका लामिछाने अमेरिकन नागरिक भएको जान्दा जान्दै निर्वाचन आयोगले प्रतिस्पर्धा गर्ने छुट दिएर गम्भीर गल्ती गरेको छ ।नेपालीनागरिक अर्थात विदेशी नागरिकतालाई चितवन २ का मतदाताले मतदान गरेर जिताएका छन् । मतदाताहरूलाई लामिछानेले भेँडा बनाएका छन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पार्टी सरकारबाट बाहिरिने हो भने त्यसको आधार देखाउनुपर्ने बताएका छन् । हतारमा निर्णय नगरी पार्टी अगाडि बढ्नुपर्ने उनको धारणा छ ।

पार्टीले बिहीबार साँझ साढे ४ बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठकले पार्टी सरकारबाट बाहिरिने संकेत पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले गरेका छन् । सभापति रवि लामिछानेले पनि सत्ता गठबन्धनबाट बाहिरिने संकेत सामाजिक संजालमा सन्देश लेखेर गरेका छन् ।

यसैबीच संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले भने अहिले पार्टीले लिने हरेक निर्णय महत्वपूर्ण रहेका र त्यसले मुलुकको राजनीतिमा प्रभाव पार्ने भएकाले छलफलबाट आधारसहित स्पष्ट राखेर जानुपर्ने बताए ।

‘व्यक्तिगत हिसाबमा कसलाई के लाग्छ भन्ने कुरा फरक भयो, छलफलबाट सबै साथीहरूले अपनत्व लिने गरेर निर्णय गर्नुपर्छ । यो समय हामीले राजनीतिक परिपक्वता देखाउने अवसर हो । अलिकति पनि विचलित हुनु हुँदैन ।

राजनीतिमा संकट भने आइरहने चिज हो,’ उनले भने, ‘अहिले हामीले कस्तो नजीरमा काम गर्छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यसैले हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने गर्नुहुन्न । हामी कस्तो स्टेप चालेर जान्छौं भन्ने महत्वपूर्ण हुन्छ । हामी सादा कागज छौं, जे लेखे पनि पहिलोपटक लेखिरहेका हुन्छौं ।’

रास्वपाले चाल्ने हरेक कदमप्रति मुलुकका हरेक नागरिक र विदेशमा रहेका नेपालीले पनि नियालिरहेको श्रेष्ठको भनाइ छ । पार्टीलाई व्यवस्थित गरेर अगाडि बढ्नुपर्ने बेलामा महत्वपूर्ण निर्णय लिँदा सबै जिम्मेवार नेताहरूले छलफल गर्नुपर्ने उनको धारणा छ ।

हामी नयाँ पार्टी हौं र सबै कुरा लयमा ल्याउन सकेका छैनौं । सांसदले आफ्ना प्यारामिटर बल्ल ल्याउँदैछ । छलफल गर्नुपर्ने विषय राजनीतिक र रणनीतिक हिसाबले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन हो । यी प्राथमिकताहरूलाई पनि समानान्तर हिसाबले लानुपर्ने हुन्छ,’ उनले भने ।

सरकारबाट बाहिरिने हो त्यसका आधारबारे छलफल गर्नुपर्ने श्रेष्ठको धारणा छ । हतारमा सरकारबाट बाहिरिने निर्णय लिएमा उठ्ने प्रश्नप्रति पनि ख्याल गर्नुपर्ने उनको भनाइ थियो । ‘सरकारबाट बाहिरिने हो भने पनि त्यसका आधारहरू तय गर्नुपर्‍यो ।

सरकारमा किन गएको हो र किन निस्किन लागेको हो ? पुष्टि गर्नुपर्छ । निस्किएपछि हामीसामू प्रश्न के तेर्सिन्छ भने- गएको किन ?,’ उनले भने । सरकारमा बस्नु र छोड्नु भन्दा पनि महत्वपूर्ण कुरा त्यसपछि पार्टीमाथि उठ्ने प्रश्न रहेको उनले बताए ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रवि लामिछानेलाई नै उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाउन गएको हो र उनलाई नबनाएकोमा नै निस्किन लागेको हो कि भन्ने प्रश्न उठ्नसक्ने प्रश्नहरूतर्फ ध्यान पार्टीका नेताहरूले दिनुपर्ने श्रेष्ठको भनाइ छ । ‘यस्तो भन्ने सन्देश गयो भने त ठिक हुँदैन । बाहिरिनुको पुष्ट्याइँ गर्नुपर्ने हुन्छ । राजनीतिक निर्णय गर्दा सबैको सहमति र अपनत्वमा गर्नुपर्छ,’ उनले भने ।

पार्टीका अन्य सांसदहरूले पनि यस विषयमा आफ्ना कुराहरू राख्नुपर्ने श्रेष्ठको आग्रह छ । ‘सांसद भएर देशको कुरा उठाउँछु भनेर आएका हौं । जनप्रतिनिधि हौं भने अरु सांसदहरूले पनि औपचारिक फोरममा आफ्ना कुरा राख्नुपर्छ ।

लोकतान्त्रिक पद्दतिबाट निर्णय प्रक्रिया अगाडि बढायो भने कसैले पनि अन्यथा मान्नु हुन्न । अरु सांसदहरूले पनि मनमा रहेका कुरा राख्नुपर्‍यो,’ उनले आग्रह गरेका छन् ।

सरकारका विषयमा छलफल गर्ने उच्चस्तरीय राजनीतिक संयन्त्रमा पार्टीका तर्फबाट सहभागी लामिछानेले गृहमन्त्रीको विषयमा कुरा राख्नुपर्ने बताए । राजनीतिक संयन्त्रमा कुरा राखेर विवाद समाधानमा जानुपर्ने उनको मत छ ।

‘उहाँले उच्चस्तरीय राजनीतिक संयन्त्रमा हाम्रो दलबाट नेतृत्व लिनुभएको छ । त्यहाँ कसरी कुरा राख्नुभएको छ ?,’ उनले भने । पार्टी र सरकार साझा न्यूनतम कार्यक्रम, चुनावमा मतदाता सामू गरेका बाचासँग बचनबद्ध भएर अगाडि बढ्नुपर्ने उनको धारणा छ । नागरिकता नै नभएको अमेरिकन

Leave a Reply

Your email address will not be published. Required fields are marked *