Sunday, September 24
Shadow

रबी लामिछानेलाई आफ्नै दाइ हरिशरणले नै दिए च्यालेन्ज, भर्खरै गरे यस्तो घोषणा !

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन घोषणा भइसकेको छैन । तर, निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिने लहरचाहिँ अहिलेदेखि नै चलिसकेको छ । यही मेसोमा नेपालका चर्चित लामिछाने दाजुभाइबीचको हाेडबाजी सतहमा आएको छ ।सञ्चारकर्मी हरिशरण लामिछाने काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा चुनाव लड्ने योजनामा छन् भने उनका भाइ रवि लामिछाने पनि राष्ट्रिय स्वतन्त्र पार्टी खाेलेर राजनीतिक वृत्तमा ओर्लिएका छन् । तर, यी दाजुभाइ मिलेर राजनीतिमा सक्रिय भएका भने हाेइनन् । हरlशरण ‘स्वतन्त्र राष्ट्रिय सञ्जाल’ नामक अभियानमा संलग्न भएर दलबाट दिक्क बनेका मानिसलाई त्यसमा संगठित गरिरहेका छन् ।

यही बेला सञ्चारकर्म छाेडेर राजनीतिमा हाेमिएका उनका सहोदर भाइ रविले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ खोलेका छन् । उनी पनि प्रतिनिधिसभा चुनावका लागि काठमाडौं- ३ नै ताकिरहेका छन् । हिजो राष्ट्रिय सभागृहमा पार्टी घोषणा गर्दा निर्वाचन क्षेत्रबारे केही नबोले पनि आफूनिकटहरूसित रविले काठमाडौं ३ बाटै उठ्न चाहेको बताउने गरेका छन् ।

दाजुभाइको टकरावलाई कतिपयले ‘रणनीति’ ठानेका थिए । हरिशरणले भाइ रविका लागि ‘ठाउँ ओगटिदिएको’ चर्चा थियाे । तर, रविले पार्टी घाेषणा गरेपछि दाजुभाइबीचको मनमुटाव सतहमा आएको छ । रविकाे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता नगर्न निर्वाचन आयोगमा उजुरी त्यही समूहले गरेकाे छ, जसमा हरिशरण पनि आबद्ध छन् ।

‘स्वतन्त्र’ शब्दको मर्ममाथि प्रहार गर्दै पार्टीको नाम राखेकाले दर्ता नगरिदिन मागसहित सञ्जालले निर्वाचन आयोगमा निवेदन दिएको छ । यसबारे प्रश्न गर्दा हरिशरणले भने, ‘हाम्रा साथीहरूले आयोगमा उजुरी दिनुभएकाे छ, जुन जायज हाे । पार्टी पनि कतै स्वतन्त्र हुन्छ त ?’

हरिशरणले आफू रविकाे पार्टीमा आबद्ध नहुने बताए । भाइले पार्टीमा स्थान नदिएकाले उनी असन्तुष्ट बनेकाे चर्चा पनि छ । उनले रवि हतारिएको, आफूसँग सरसल्लाह नै नगरी अघि बढेकोजस्ता असन्तुष्टि ओकलेका छन् ।रविले पार्टी घोषणा गर्नुभन्दा ठीक एक दिनअघि हरिशणले रविका लागि आफूले ठाउँ छोडिदिने कुरा मिडियामा बताएका थिए ।रवि संगठन नै बनाएर अघि बढ्न लागेकाले आवश्यक परे आफूले सहयोगी भूमिका निर्वाह गर्ने उनको भनाइ थियो ।

तर, रविले बेवास्ता गरेपछि उनले भाइ हतारिएको, कच्चापन देखाएकाे सम्म भन्न भ्याएका छन् । ‘पार्टी भन्ने कुराे त्यसरी रातारात, हतासमा ल्याइन्छ ? त्यसकाे विचार के हाे, मुद्दा के हाे ?’, उनले प्रश्न गरे ।रवि पछि नहटे काठमाडाैं ३ मा उनैसित प्रतिस्पर्धा हुन सक्ने हरिशरणले बताए । ‘अहिले चुनाव घाेषणा भएकाे छैन । तर, म आफ्नो बसोबास रहेको क्षेत्रमा खटिरहेको छु’, उनले भने, ‘मेरो सञ्जालले पनि मलाई काठमाडौं ३ मै चुनाव लड्न सुझाएको छ । रविलाई मैले भनेको छु, तिमी लोकप्रिय छाै, नेपालको जुनसुकै क्षेत्रबाट उठे पनि जित्न सक्छाै ।’

हरिशरण अहिले रेडियाे नेपालमा मुख्य समाचार सम्पादक पदमा कार्यरत छन् । चुनाव लड्ने निश्चित भएपछि रेडियाे नेपालबाट राजीनामा दिने उनकाे तयारी छ । २०७२ काे भूकम्पताका दिनरात रेडियाेमा लाइभ गरेर उनी थप चर्चामा आएका थिए भने रेडियाे नेपालकाे लाेकप्रियतालाई थप बढाइदिएका थिए । उनी प्रसारण पत्रकारितामा बेलायतबाट स्नातकाेत्तर हुन् ।

भाइसँग आफ्नो व्यक्तिगत रिसइबी केही नभएको उनी बताउँछन् । रवि अमेरिकामा हुँदा हरिशरण हप्तौँसम्म भाइसँगै बसेका थिए । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ पर्दा हरिशरणले रविलाई भरपूर साथ दिएका थिए ।तर, चुनावी माथापच्चीमाझ उनले राजनीतिमा रविसँग थुप्रै विमतिहरू रहेको बताए । ‘यसलाई व्यक्तिगत नभनौँ तर, उसका पछिल्ला निर्णय र गतिविधि मलाई मन परेको छैन । उसले जे गर्दैछ, हतारमा गर्दैछ । कुनै योजना छैन, कुनै कन्टेन्ट छैन’, हरिशरणले शिलापत्रसँगभने ।

रविले चाहिँ आफ्नो आलोचना गरिरहेका दाइबारे केही टिप्पणी गरेका छैनन् । तर, अरुले आफूलाई नातावादी भन्लान् भनेर दाइलाई पार्टीमा ल्याउन बल नगरेको कुरा उनले आफूनिकटहरूसित गरेका छन् ।

यसैगरी रवि लामिछानेलाई भगवान मान्नेहरू पनि छन् । पत्रकारिताको माध्यमबाट दुःखी–पीडितका लागि रविले गरेका काम सराहनीय छन् । तर, उनको अराजक शैलीमा अराजकता चाहनेहरू मात्र खुशी हुन्छन् ।

अमेरिकी नागरिकता लिएसँगै नेपालको कानुनतः रविको नेपाली नागरिकता खारेज भयो । नेपाल फर्केर विभिन्न विवादमा परेपछि रविले अमेरिकी पासपोर्ट र अमेरिकी नागरिक पुष्टि हुने प्रमाणहरू त्यागे तर नेपाली नागरिकता पुनः प्राप्तिका लागि केही कदम नै चालेनन् । शुक्रबार सर्वोच्च अदालतको फैसला त्यसको परिणाम हो ।

सर्वोच्च अदालतले रविले प्रयोग गर्दै आएको नागरिकता अवैध ठहर गर्यो । सर्वोच्चको फैसलासँगै रवि अनागरिक मात्र निभाएनन्, सबथोक गुमाए । सर्वोच्चको फैसला रवि स्वयंले स्वीकार गरेका छन् । तर, उनका समर्थहरू सर्वोच्चको निर्णयविरूद्ध सडक प्रर्दशनमा उत्रनसम्म पछि परेनन् ।

रवि आफैले लामो समयदेखि कानुनी शासनमाथि धावा बोलिरहे, चुनौती दिइरहे । उनी आफैले ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा कुनै दिन नागरिकताकै विषयलाई लिएर ‘मलाई अनागरिक बनाइनेछ’ भनेका थिए । तर, नागरिकता पुनः प्राप्तिका लागि कदम नै चालेनन् । बरु, सके कारबाही गरेर देखाउ भन्दै धम्की दिइरहे ।

खारेज भइसकेको नागरिकता बुझाएर रविले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्दै सभापति बने, सोही पार्टीबाट चुनाव लडेर गृहमन्त्री समेत बने । तर, कानुनी राजमा सधैँ मनपरी चल्दैन भन्ने शुक्रबार मात्र थाहा पाए । कसैलाई नटेर्ने रवि सिंहदरबारको सिंहासनबाट ‘म अनागरिकसँग कुनै प्रश्नको जवाफ छैन’ भन्दै लुसुक्क निवास फर्के ।

रविले राजनीतिक नेतृत्वलाई सामान्य मर्यादा पनि नराखी हजारौं पटक गाली गरेका छन् । न्यायालयलाई कयौँपटक दुत्कारेका छन्, शासक प्रशासकलाई अनेकौं पटक सरापेका छन् । तर, आज परिस्थिति फेरियो ।

पत्रकारिता छोडेर राजनीतिमा होमिएसँगै रविले आफूलाई सम्हाले । संयम र सभ्य भाषामा प्रस्तुत हुन थालेका रविले ‘प्रश्न गर्ने ठाउँबाट जवाफ दिने ठाउँमा पुगेको छु’ भन्ने स्वीकार गरे । तर, रविलाई आदर्श मान्नेहरूको अवस्था उस्तै छ । हिजो रवि जसरी प्रस्तुत हुन्थे आज पनि उनीहरू त्यसरी नै प्रस्तुत भइरहेका छन् । अर्थात, अराजक ।

​​​​​​​शुक्रबार सर्वोच्च अदालतले रविको नागरिकता विवाद मुद्दामा फैसला गर्दैगर्दा सर्वोच्च परिसरमा उनका समर्थक भेला भएका थिए । फैसला लगत्तै सर्वोच्च न्यायालयविरुद्ध नाराबाजी गरे, हुलदङ्गा मच्याए । केहीलाई प्रहरीले नियन्त्रणमा समेत लियो ।

शुक्रबार साँझयता सामाजिक सञ्जाल हेरिसक्नु छैन । रविका समर्थहरू सिधा कुरामा रवि चिच्याए जसरी नै चिच्याइरहेका छन् । गालि गर्न कसैलाई बाँकी राखेका छैनन् । बोल्नु हुने र नहुने, लेख्न हुने र नहुने सबथोक लेखिरहेका छन् । अर्थात उनीहरूको सिमा नै छैन ।

कानुनी राज्यमा न्यायालयको फैसला स्वीकार्य नै हुन्छ । अर्थात कानुनभन्दा कोही माथि हुन सक्दैन । केही दिन कानुनलाई झुक्याउन सकिएला तर कुनै न कुनै दिन कानुनको फन्दामा कसो नपरिएला ?

सायद, रविले पनि कानुनले सबथोक खोस्छ भन्ने कहिले कल्पना गरेका थिएनन् । उनलाई अलिकति मात्र हेक्का भएको भए नागरिकता पुनः प्राप्तिको सामान्य प्रकृया पूरा गर्न किन अटेर गर्थे होला ? तर, आज त त्यसको परिणाम भोग्नुको विकल्प नै रहेन ।

मुद्दा रविसँग मात्र जोडियो । तर, विषय सामान्य थिए । को नागरिक र को अनागरिक ? भन्ने प्रश्नले आज रविसँगै जोडिएको मुद्दा कति संवेदनशील भन्ने त प्रष्ट पारेकै छ । अर्थात, रविसँग जोडिएको मुद्दा रवि एक्लैको मुद्दा होइन, यो आम नेपाली नागरिकको मुद्दा हो । यसले हामीलाई थप संवेदनशील बनाएको छ । बन्नु पर्छ ।

रविलाई भगवान नै मानेर समर्थन गर्नेहरूलाई के कुरा थाहा हुनुपर्छ भने कानुनभन्दा माथि कोही हुँदैन । भगवान मानेका रवि पनि माथि हुन सकेनन् । अर्थात, रविको पक्षमा सञ्जालदेखि सडकसम्म कुर्लनेहरू पनि कानुनभन्दा माथि हुन सक्दैनन् । ख्याल नगरी जथाभावी लेख्ने र बोल्नेहरू पनि फन्दामा पर्न सक्छन् ।

यो कुरा बुझे हुन्छ– रविको मुद्दा यत्तिमा सीमित हुने छैन । रविले प्रयोग गरेको नागरिकता नै अवैध ठहर भएसँगै यो नागरिकता प्रयोग गरेर रविले गरेका सबै कामहरू अवैध (अपराध) ठहरिकाए छन् । यो मुद्दाले रविलाई झनै अप्ठ्यारोमा पार्ने छ ।

भक्तहरूलाई नराम्रो लाग्नसक्छ । तर, नागरिकता दुरुपयोगसम्बन्धी कसुर, राज्यलाई गुम्राहमा पारेर गरेको नक्कली र जालसाजी कसुरमा रवि जेल पनि जान सक्छन् ।

अवैध नागरिकता प्रयोग गरेर रविले नेपाली राहदानी बनाएका छन्, सोही नागरिकताले पार्टी दर्ता गरेका छन्, सोही नागरिकता बुझाएर सांसद हुँदै मन्त्री भएका छन् । मन्त्री भएर उनले अनेक निर्णयहरू गरेका छन् । यी सबै अवैध ठहर भएका छन् ।

सर्वोच्चको फैसलाको पूर्णपाठ आइसकेको छैन । पूर्णपाठमा रविले जालसाजी गरेको र कानुनबमोजिम कारबाही गर्नुपर्ने ठहर गरेको उल्लेख भएमा रवि तत्काल जेल जानुपर्ने हुन्छ । यदि, सर्वोच्चको फैसलामा यस विषयमा बोलिएको छैन भने पनि अवैध नागरिकता प्रयोग गर्दै रविले गरेका अनैतिक कदमहरूको बिटा समातेर मुद्दा दायर गर्न तयार भएका धेरै छन् ।

त्यसैले, अहिलेको अवस्थामा रविबाट भएका सम्पूर्ण गल्तिहरूलाई मनन् गर्दै न्यायालयको फैसलालाई सम्मान गर्नु नै उत्तम हुन्छ । किनकी, बिग्रेका बाटा र पाटाहरू सच्याएर अघि बढ्न रविलाई ठूलो अवसर मिलेको छ । यो अवसरलाई सदुपयोग गर्दै अघि बढ्ने हो भने राजनीतिमा रविको भविष्य त सबैले उज्यालो देखेकै छन् क्यारे !

Leave a Reply

Your email address will not be published. Required fields are marked *