शुक्रबार मात्रै सर्वोच्च अदालतले नागरिकता विवादमा रवि विरुद्ध फैसला गरेको थियोे । तर राहदानी दुरुपयोग भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकता विवाद सर्वोच्च अदालतले निरूपण गरे पनि राहदानी विवाद अझै समाधान भएको छैन। सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आएपछि त्यसका आधारमा राहदानीलगायत बाँकी विषयमा अर्को रिट दिने तयारी भइरहेको छ।
‘यो फैसलापछि उहाँका अन्य अपराधहरू पनि सतहमा आइसकेका छन्। त्यसका लागि पनि न्यायिक लडाइँ हुन्छ नै,’ अधिवक्ता पौडेल भन्छन्, ‘उहाँका अपराधले जेलसम्म पुर्याउने छ। अहिल्यै चुनाव लड्ने कुरा परको विषय हो।’लामिछानेका अपराध स्वयं उनकै समर्थकले नै सार्वजनिक गरिरहेकाले धेरै भनिरहनु नपर्ने उनी बताउँछन्। अधिवक्ता पौडेलका अनुसार राहदानी, दोहोरो नागरिकताको विषयमा अर्को रिट पर्न सक्ने देखिन्छ।
लामिछानेले अवैध नागरिकता प्रयोग गरेर कम्पनी खोलेको, श्रम स्वीकृति नलिई काम गरेको, नेपाली स्थायी लेखा नम्बर लिएको, चितवन जिल्ला अदालतलाई झुट बोलेर गुमराहमा राखेको, दल खोलेको, चुनाव लडेको, गृहजस्तो संवेदनशील मन्त्रालयको जिम्मेवारी लिएर सरकारी सूचना लिएको लगायत विषयमा पनि रिट हालिने उनले बताए।
राहदानीको कसुरको आरोप पुष्टि भए मात्रै लामिछाने एक देखि तीन वर्षसम्म जेल पर्न सक्छन्। राहदानी ऐन २०७६ मा ‘झुटा विवरण दिई राहदानी वा यात्रा अनुमतिपत्र लिए वा लिन प्रयत्न गरे’ जरिवाना र सजाय हुने व्यवस्था छ। त्यस्तो गर्ने व्यक्तिलाई दुईदेखि ५ लाख रूपैयाँसम्म जरिवाना वा एक वर्षदेखि तीन वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने भनिएको छ।
लामिछानेले पहिलोपटक २०५० सालमा नेपाली नागरिकता लिएका थिए। सोही नागरिकताका आधारमा पहिलोपटक सन् २००१ मा नेपाली राहदानी निकालेका थिए। त्यसपछि उनी अमेरिका गएका थिए।
अमेरिकामा लामिछानेले सन् २०१४ मा अमेरिकी नागरिकता (ग्रिनकार्ड) लिए। नेपाल नागरिकता ऐन २०६३ को दफा १० मा बमोजिम उनले अमेरिकी नागरिकता लिनासाथ नेपाली नागरिक रहेनन्। जुन सर्वोच्चको फैसलाले समेत ठहर गरिसकेको छ। अमेरिकी नागरिकता लिएसँगै उनले २०१४ मार्च ५ (२०७० फागुन २१) मा अमेरिकी राहदानी लिएका थिए।
त्यसपछि पहिलोपटक अमेरिकाबाट नेपाल आउँदा लामिछानेले अमेरिकी राहदानी प्रयोग गरेर गैरपर्यटक (नाता) भिसा लिई सन् २०१४ जुन ५ (२०७१ जेठ २२) मा आएको अध्यागमन विभाग स्रोतले जनाएको छ। त्यतिबेला उनी दुई महिनामै अमेरिका फर्किएका थिए।
त्यसपछि दोस्रोपटक पनि अमेरिकी राहदानीमा गैरपर्यटक भिसामै २०१५ मे ११ (२०७२ वैशाख २८) मा नेपाल आएर नेपाली राहदानी बनाउन भ्याए। नेपाल आएको तीन साता नबित्दै २०१४ मे १३ (२०७२ जेठ १३) नेपाली राहदानी बनाएका थिए।
जसमा अमेरिकी नागरिकता लिँदा खारेज भइसकेको नेपाली नागरिकता प्रयोग गरेका थिए। यसरी लामिछानेसँग एकैसाथ दुईदेशका नागरिकता (नेपाली नागरिकता कानुनअनुसार खारेज भएपछि प्रयोग गरे) र राहदानी भए। तर नेपाली राहदानी लिएर तत्काल प्रयोग भएको देखिँदैन।
२०१५ अक्टोबर १८ (२०७२ कात्तिक १) मा अमेरिका अमेरिका फर्किंदा अमेरिकी नागरिकता नै प्रयोग गरेको अध्यागमन विभागको रेकर्डमा देखिन्छ। उताबाट २०१५ नोभेम्बर २६ (२०७२ मंसिर १०) मा नेपाल फर्किंदा पनि उनले नेपाली राहदानी प्रयोग गरेर सिधै आउने विकल्प प्रयोग गरेनन्।
अमेरिकी राहदानीमा नेपाली भिसा लगाएर आए। त्यसपछि पनि नेपाल-अमेरिका ओहोरदोहोर गर्दा अरू तीन पटक पनि अमेरिकी राहदानी नै प्रयोग गरेको अध्यागमन विभाग स्रोतले जनाएको छ।यसरी दुई देशका नागरिकता र राहदानीको प्रयोग गरेर लामिछानेले तमाम लाभ उठाउँदै आएका थिए। न्युज–२४ मा कार्यक्रम चलाउन सुरु गर्दा विवाद भएपछि मात्रै उनी अमेरिकी नागरिकता त्यागको प्रक्रियामा गएका थिए।
विवाद बढ्दै गएपछि लामिछानेले २०७५ जेठ ४ मा अमेरिकी नागरिकता त्यागको सुरुवात गरेका थिए। सो दिन उनले नेपालस्थित अमेरिकी दूतावासमा अमेरिकी नागरिकता र राहदानी त्याग गर्न निवेदन दिएका थिए। त्यो निवेदन अमेरिकाको स्टेट डिपार्टमेन्टले स्वीकार गरेको प्रमाण उनीसँग छ। जुन उनले अध्यागमन विभागलाई समेत बुझाएका थिए। नागरिक दैनिकबाट
यसैबीच आइतबार अमेरिकी उपबिदेश मन्त्री नेपालकाे राजनीति भेटघाटमा काठमाडौं ओर्लिनु अघि शनिबार सरकारकाे केन्द्रीय साइवर सर्भरमा ह्याकरले पटकपटक हमला गरे । अन्तर्राष्ट्रिय स्तरबाट दिनभरजसाे नै सरकारी डाटा लिन काेसिस भएको सरकारी अधिकारीहरुले बताए । यस्तै सर्भर डाउनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे उडान करिव ३ घन्टा अबरुद्ध भयाे ।
तर हिजाे मात्रै अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले भनिन्– ‘केही दिनअघि मात्र नेपालले साइबर आक्रमणको सामना गर्नुपर्याे । उनले भनिन् मैले उच्चस्तरीय भेटमा प्रस्ताव गरेकाे छु साइबर सुरक्षालाई मजबुत बनाउन अमेरिकाले आफ्ना विज्ञ प्राविधिकहरू पठाउन सक्छ ।
पछिल्लो समय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको कार्यान्वयनमा विशेष जोड दिंदै आएको अमेरिकाले यस पटक नेपालको साइबर सुरक्षामा पनि विशेष चासो देखाएको छ ।नेपालको दुई दिने भ्रमण सकेर भारत जानुअघि पाटन दरबार स्क्वायरस्थित बहादुर शाह भवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले भनिन्– ‘केही दिनअघि मात्र नेपालले साइबर आक्रमणको सामना गर्नुपर्यो ।
मैले उच्च स्तरिय भेटघाटमा प्रस्ताव गरेको छु, यदि नेपालले चाहन्छ भने यहाँको साइबर सुरक्षालाई मजबुत बनाउन अमेरिकाले आफ्ना विज्ञ प्राविधिकहरू पठाउन सक्छ ।’उनले साइबर सुरक्षाको सवालमा अमेरिकाको प्रविधि विश्वमै उच्च भएको जिकिर गर्दै भनिन्– ‘साइबर सुरक्षालाई बलियो बनाउने सवालमा अमेरिकाले विश्वभरि नै महत्वपूर्ण साझेदारी गरेको छ । जापान र जर्मनीलगायतका राष्ट्रका सरकारसँग पनि अमेरिकाले साइबर सुरक्षामा महत्वपूर्ण साझेदारी गरेको छ ।’
गत शनिबार साइबर आक्रमणका कारण सबै सरकारी वेबसाइटहरू झण्डै ४ घण्टासम्म खुल्न नसक्दा अन्तर्राष्ट्रिय उडानदेखि सबै सरकारी कार्यालयहरूको अनलाईन काम प्रभावित भएको थियो ।सिंहदरबारस्थित सरकारी सूचना र तथ्यांक राख्ने राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) को कमजोरीका कारण सरकारी तथ्यांकको चोरी, ह्याकिङ, भाइरस, फिसिङ, मालवेयर जस्ता साइबर चुनौती बढेको महालेखा परीक्षाको कार्यायलको सूचना प्रविधिको लेखा परीक्षण प्रतिवेदन–२०७८ मा समेत उल्लेख छ ।
पत्रकार सम्मेलनमा अमेरिकी उपविदेशमन्त्री नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँगको भेटमा एमसीसी परियोजनाको कार्यान्वयनका साथै लोकतान्त्रिक प्रक्रिया र आर्थिक विकासको सुदृढीकरणका विषयमा छलफल गरेको जानकारी दिईन् । उनले अमेरिका नेपालसँग संक्रमणकालीन न्याय, वातावरण र भ्रष्टाचारविरुद्धको लडाईका साथै नेपालको सामाजिक तथा आर्थिक विकासमा निरन्तर सहकार्य गर्ने बताईन् ।
एमसीसीको विषयमा अमेरिका र चीनबीच खुलेरै भनाभन भएको स्मरण गराउँदै अहिले एमसीसी कार्यान्वयनको विषयमा अहिले चीनसँगको सम्बन्ध कस्तो छ भनेर सोधिएको प्रश्नमा उपविदेश मन्त्री नुल्यान्डले भनिन्– ‘चीनसँग अमेरिकाले कुटनीतिक सम्बन्ध बढाउँदै लगेको छ । गत नोभेम्बरमा राष्ट्रपति जो वाइडेन र चीनका राष्ट्रपति सी चिनफिङबीच भेट भएको थियो । आगामी दिनमा पनि यस्ता गतिविधिले निरन्तरता पाउनेछ ।’