Thursday, March 30
Shadow

ना’गरिकता हात पर्ने बि’त्तिकै रबीले भने ‘अब म कसैलाई बाँकी राख्दिन, सबको हिसाब लिने छु ठिक कि बेठिक ?

रबी लामिछानेले नेपाली नागरिकता पाउनासाथ अब कसैलाई बाँकी नराख्ने घोषणा गरेका छन। नेपालमा कसैले के गरिरहेको छ सबै मलाई था छ अब एकएक गरि भित्र हाल्ने चेतावनी दिएका छन ।भ्रष्टाचार गरेर थुपारेको सबै सम्पत्ति जफव गर्ने पनि उनले बताए । अब चुप लागेर नबस्ने उनले जानकारी दिए ।

रबी लामिछानेले पुन: नेपाली नागरिकता लिएका छन् । उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर कानुनबमोजिम नागरिकता पुनः प्राप्ति गरेका हुन्

उहाँले नागरिकताको नियमवलीको नियम ११ अनुसार आवश्यक प्रक्रिया पुरा गरेर नागरिता पुनप्राप्त गर्नु भएको छ’ काठमाडौंका प्रमुख जिल्ला अधिका घनश्याम उपाध्यायले भने
यसअघि नेपालमा नागरिकता लिए पनि अमेरिका गएपछि उतैको नागरिकता लिएर बसेका लामिछाने गैरपर्यटक (नाता) भिसामा नेपाल आएका थिए । त्यसपछि उनी यतै बसे । ०७५ सालमा अमेरिकी नागरिकता त्याग्ने प्रयोजनका लागि नेपालस्थित अमेरिकी दूतावासलाई सूचना दिएका उनले ०७५ असार १४ गते अमेरिकी नागरिकता त्यागेको जानकारी गराएका थिए तर‚ न नागरिकताको पुनः प्राप्तिको प्रक्रिया पूरा गरेका थिएनन् ।

त्यही नागरिकता प्रयोग गरेर उनले गत असारमा राष्ट्रिय स्वतन्त्र पार्टी खोलेका थिए भने चितवन–२ बाट चुनाव जितेर सांसद र गृहमन्त्रीसमेत बनेका थिए । तर, उनको नागरिकताको विषयमा सर्वोच्च अदालतमा रिट परेपछि अदालतले लामिछानेले अमेरिकाबाट फर्किएपछि नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै उनी पदमुक्त हुने फैसला गरेको थियो फैसलापछि लामिछानेको गृहमन्त्री, सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमेको थियो ।

सर्वोच्चको फैसपापछि लामिछानेले आइतबारै जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकता पुनः प्राप्ति गरेका हुन्
अमेरिकाको नागरिकता त्यागेपछि नेपालको कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट हालेका थिए । सो रिटमाथि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी फैसलागरेको थियो ।

नेपालको नागरिकता ऐन, २०६३ को दफा १० मा आफूखुसी विदेशी नागरिकता लिएमा अथवा एकैसाथ नेपाली र विदेशी मुलुकको नागरिक हुने अवस्थामा नेपाली नागरिकता नरोजेमा नेपाली नागरिकता कायम नरहने प्रष्ट कानुनी व्यवस्था छ
रबी लामिछानेले नेपाली नागरिकता पुन: प्राप्त गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ लामिछाने पुन: नागरिकता प्राप्त गरेपनि उनलाई फेरि सभापति बनाउने तयारी रहेको छ ।लामिछानेले अमेरिकी नागरिकता त्यागेपनि नेपाली नागरिकता पुन: प्राप्त नगरेको कारण अदालतले उम्मेदवारी खारेज गरिदिएपछि पार्टी सभापतिबाट हट्नु परेको थियो ।

अहिले पनि जनमानसमा कुष्ठरोगबारेमा त्रास र केही हदसम्म अल्पज्ञान रहेको देखिन्छ । जनमानसमा यस रोगबारे सचेतनाको कमी छ । साथै यस रोगबाट ग्रसित बिरामीलाई हेयको दृष्टिले हेरिनु तथा आर्थिक परिवेश यो रोगलाई निर्मूल गर्नका लागि मुख्य बाधक हुन् ।संसारभरमा सन् २०२१ मा कुष्ठरोगका नयाँ बिरामी करिब १ लाख ४० हजार ५९४ जना देखिएका छन्, जसमध्ये करिब ६६ प्रतिशत बिरामी दक्षिण-पूर्वी एसियाका छन् । कुष्ठरोग निर्मूल र उन्मुलनका कार्यक्रमहरू चलिराख्दा अघिल्लो वर्षभन्दा यो वर्ष विश्वभर नै करिब १० प्रतिशतभन्दा बढी नयाँ बिरामीहरू पत्ता लागेका छन् । यस्तै नेपालमा पनि कुष्ठरोगका बिरामीहरूको संख्या शून्यमा झार्न सन् २०२१ देखि २०३० सम्मका लागि ‘रोड म्याप फोर जेरो लेप्रोस’ कार्यक्रम चलाइएको छ ।

सन् २०१० मा नेपालबाट कुष्ठरोग उन्मुलन भइसकेको घोषणा गरिए पनि यो पूर्णरुपमा हटिसकेको छैन । आर्थिक वर्ष २०७८/७९ मा नेपालमा कुष्ठरोगका २२८५ नयाँ बिरामी रहेको देखिएको छ । यो संख्या अघिल्लो वर्षभन्दा धेरै हो, अघिल्लो वर्ष कुष्ठरोगका नयाँ बिरामी २१७३ जना थिए यस वर्ष नयाँ बिरामीमध्ये ९८९ जना महिला छन्, ७३ जना बालक छन् र तीमध्ये १७० जनालाई हातखुट्टा/नसामा देखिने शारीरिक दुर्बलता र आखाँमा देखिने संक्रमण/ अन्धोपना देखिएको छ । करिब २३७३ कुष्ठरोगका बिरामी कुष्ठरोगको उपचारको क्रममै छन् । यस्तै उक्त रोगका बिरामीमध्ये सबैभन्दा धेरै मधेस प्रदेशको बारा जिल्लामा देखिएका छन् भने सबैभन्दा कम वाग्मती प्रदेशमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *