Saturday, March 25
Shadow

नागरिकता लिएसँगै विधान विपरित रास्वपाको सभापतिमा फर्किए लामिछाने

नेपाली नागरिकता पुनर्प्राप्त गरेसँगै रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिको जिम्मेवारी लिएका छन्।
उनको दलको विधानमा सारधारण सदस्यता प्राप्त गरेको एक वर्षपछि मात्र पार्टीको पदाधिकारी बन्न पाउने प्राव्धानलाई लत्याउंदै रबि सभापति बनेका छन । उनी आजै मात्र सो पार्टीको साधारण सदस्य बनेका हुन् । यसभन्दा पहिलेको उनको हैसियत अदालनतको आदेशसंगै समाप्त भएको थियो ।

गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले अनागरिक ठहर गरेसँगै रविले दलीयदेखि संसदीय भूमिका पनि गुमाएका थिए।अनागरिक ठहर हुँदा उनले रास्वपा सभापति पद पनि गुमाएका थिए। तर आइतवार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुनस्प्राप्त गरेसँगै लामिछाने रास्वपा सभापतिमा फर्किएका हुन्।

यस्तोमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय समितिको बैठकले रविलाई पार्टी सभापतिमै फर्काएको हो। यसअघि शनिबार रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डोरप्रसाद अर्यालले लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *