Friday, March 24
Shadow

अमेरिकामा आफ्नै पसलमा गो;ली हानी चर्चित यी नेपालीलाई मा रे, नेपाली समुदाय ठूलो शोकमा डुब्यो, हेर्नुस

काठमाडौं। अमेरिकाको कोलो’राडोमा एकजना नेपाली व्यवसायी’लाई एक लुटे’राले गो ली हानी ह ;त्या गरेको छ। आफ्नै पसलमा कार्य’रत भेषराज लामिछानेको लुटे’राले ह ;त्या गरेको हो। हत्या;रा अर्को राज्य इण्डियानाबाट प;क्राउ परेको छ।

कोलोराडो राज्यको ह्वीट रिजमा खुद्रा पसल संचालन गरेर बसेका लामिछानेलाई बिहीबार राति ८ बजेतिर लु;टेराले गो ली प्रहा;र गरेको थियो। समाचारअनुसार, लु टेराले शुरुमा पसलभित्र पसेर चिसो पेय पदार्थ खरिद गरेको थियो।सो पेय लिएर बाहिर निस्केको लु टेरा एकछिनपछि पुन फर्किएर अक:स्मात् गो ली प्रहा र गरेको थियो। गो ली प्रहा;रपछि बाहिर पार्किङमा राखेको लामिछानेको गाडी लिएर भागेको थियो। लामिछानेको पसलमा कुनै चाल-चुल नभएको पछि एकजना व्यक्तिले प्र;हरीलाई खवर गरेको थियो।

प्र हरी पुग्दा झण्डै ९ बजेको थियो। तनहुँ दमौली स्थायी घर भई सपरिवार कोलोराडो बस्दै आएका ५३ बर्षीय लामिछानेका श्रीमती, ३ छोरीका र एक छोरा छन्।गाडी चो;रेर भाग्ने क्रममा २०१५ मा बनेको निशान पाथ फाइण्डर गाडी दुर्घ;ट:नामा पर्दा इण्डियानामा शुक्रबार विहान साढे १० बजेतिर लुटे रा पक्रा उ परेको हो। सडकमा धेरै स्पीडमा गाडी चलाएपछि इण्डियना प्रह रीले सो गाडीको पिछा गरेको थियो।

प्र हरीले पिछा गरेको थाहा पाएपछि झन् स्पीड बढाएको हत्या रा गाडी अनि;यन्त्रित भई दु;र्घटनामा परेपछि पक्रा उ परेको हो। ह त्या गरेर भागेको सो लु;टेराको नाम शनाथन डिनगेलो चान्स रहेको र उसको उमेर २६ बर्षको भएको इण्डियाना पक्रा उको पक्रा;उ विवरणमा उल्लेख छ।

ह :त्यारा नर्थ क्यारिलिनाबासी भएको प्रह;रीको विवरणमा उल्लेख छ।कोलोराडोको नेपाली समुदाय यो घ टनापछि शो ;कमा डुबेको छ। नेपालीहरुको संस्था नेपाली घरका अध्यक्ष जगदीशचन्द्र ढकालका अनुसार, यसअघि यसरी गो ली प्र:हार गरी नेपालीको ह ;त्या भएको थिएन त्यसैले नेपाली समुदायका लागि यो पहिलो पी;डादायी घ;टना हो।

पीडि तको अन्तिम संस्कार र परिवारका लागि भनेर नेपाली संस्थाहरुले गो फण्ड खोलेका छन्। अध्यक्ष ढकालले विपतको समयमा पी;डित परिवारलाई सह:योग गरिदिन सबैसँग आ:ग्रह गरेका छन्।यसैबीचमा अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड अर्को साता नेपाल भ्रमणमा आउँदै छिन् । परराष्ट्र स्रोतका अनुसार नुल्यान्डले माघ १५ र १६ मा नेपालको भ्रमण गर्ने तय भएको छ ।

पुस १३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सरकार वामपन्थी सरकार बनेपछि विदेश मुलुकबाट नेपालमा हुन लागेको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो ।उपमन्त्री नुल्यान्ड बदलिँदो भूराजनीतिक परिवेशमा नेपालको भ्रमण गर्दै यहाँको वस्तुस्थिति बुझ्न र नयाँ सरकारसँग सहकार्य गर्नका लागि आउन लागेको परराष्ट्रका एक अधिकारीले बताए । नुल्यान्ड अमेरिकाकी एक अनुभवी कुटनीतिज्ञ हुन् ।

अमेरिकाका लागि पूर्व राजदूत सुरेश चालिसेले अमेरिकाबाट हुन लागेको उपमन्त्री नुल्यान्डको भ्रमण नियमित भएको टिप्पणी गरे । उनले अमेरिकाले नेपाललाई प्राथमिकतामा राख्छ भन्ने सन्देश पनि दिन खोजेको बताए । ‘नेपाल र अमेरिकाको सम्बन्धलाई ध्यानमा राखेर हेर्दा दुई मुलुकबीच नजिकको सम्बन्ध छ,’ उनले भने,‘नयाँ सरकार बनेको छ ।

संसद्को अवस्था पनि पहिलेको भन्दा फरक अवस्था छ । यस विषयमा अमेरिकीहरु बुझ्न आउन लागेका हुन् ।’ साथै, अमेरिकाको सहयोगमा नेपालमा अघि बढेका परियोजनाहरु जस्तै एमसीसी लगायतको कार्यान्वयनको विषय बुझ्न पनि अमेरिकाबाट भ्रमण हुन लागेको उनले बताए ।

३३ वर्ष कुटनीतिक क्षेत्रमा काम गरिसकेकी नुल्यान्डले यस अघि महत्वपूर्ण जिम्मेवारी पनि बहन गरिसकेकी छन् । उनी सन् २०२१ अप्रिलदेखि उपमन्त्री भएकी हुन् ।उनले राष्ट्रपति बराक ओबामा र विदेश मन्त्री जोन केरीको नेतृत्वको बेलामा सन् २०१३ देखि २०१७ सम्म युरोपेली र यूरेसियन मामिलाका लागि सहायक मन्त्रीको रुपमा काम गरेकी थिइन् ।

उनी विदेश मन्त्री हिलारी क्लिन्टनको कार्यकालमा प्रवक्ता र राष्ट्रपति जर्ज डब्लु वुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नेटो (नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेसन) को लागि अमेरिकी राजदूतको रुपमा काम गरेकी थिइन् । गत वर्षको जेठमा अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री उज्रा जियाले नेपालको तीनदिने औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट दोस्रो ठूलो भ्रमण हो ।

नुल्यान्डले प्रधानमन्त्री दाहालसहित एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन, परराष्ट्र मन्त्री विमला राई पौड्याल लगायतले भेट्नछन् ।

नेपालमा सरकार गठन लगतै प्रधानमन्त्रीको दुई छिमेकी मुलुकहरु भारत र चीन भ्रमणको विषयमा बहस भइरहेको बेलामा अमेरिकाबाट काठमाडौंमा भ्रमण हुन लागेको हो ।परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भने भ्रमणको बारेमा गृहकार्य भइरहे पनि मितिको सम्बन्धमा अन्तिम टुंगो लागिनसकेको बताइन् । स्रोतका अनुसार अमेरिकी उपमन्त्री नुल्यान्डको भ्रमणको विषयमा एक/दुई दिनमा वासिङ्टनडीसीबाटै विज्ञप्ती जारी गरि भ्रमणको जानकारी सार्वजनिक हुनेछ । परराष्ट्रका एक अधिकारीका अनुसार यो भ्रमणमा मुख्य गरि अमेरिकाको अनुदान सहयोगमा अघि बढेको

मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) को सहयोगमा भइरहेको कामको बारेमा छलफल हुनेछ । साथै, उपमन्त्री नुल्यान्डले नेपालमा अमेरिकी अन्तर्राष्ट्रिय विकासको लागि नियोग (यूएसएआईडी) मार्फत भइरहेका र भविष्यमा हुने प्रस्तावको बारेमा पनि छलफल गर्ने छिन् ।

साथै, भेटवार्ताहरुमा अमेरिकी मन्त्री नुल्यान्डले अमेरिकाको प्राथमिकतामा रहेका विषयहरु मानव अधिकार, प्रजातन्त्र, शरणार्थी लगायत विषयमा कुरा गर्ने अनुमान गरेको परराष्ट्रका ती अधिकारीले बताए ।पुस २७ मा नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले कुटनीतिक मामिलाका पत्रकारहरुसँग कुराकानी गर्दै आफ्नो मुलुकको प्राथमिकता नेपालसँगको द्वीपक्षीय सम्बन्धमा जोड, नेपाली जनस्तरमा सम्बन्ध विस्तार गर्ने र लोकतन्त्रको प्रवद्धर्धन गर्ने उल्लेख गरेका थिए ।

साथै, उनले मानव अधिकार र शरणार्थीको मामिलामा पनि आफ्नो प्राथमिकता रहेको प्रष्ट पारे । राजदूत थम्प्सनको भनाईलाई लिने हो भने उपमन्त्री नुल्यान्डको भ्रमणमा उक्त कुराहरु प्राथमिकतामा पर्ने संकेत गर्छ ।

भूराजनीतिक जानकार चन्द्रदेव भट्ट नयाँ सरकार आएपछि सम्बन्धलाई थप अघि बढाउनको लागि उपमन्त्री नुल्यान्डको भ्रमण हुन लागेको मान्छन् । उनले नेपालको राजनीतिक कोर्सकता जादैछ भन्ने विषयमा बुझ्न पनि अमेरिकाबाट भ्रमण हुन लागेको बताए ।

उनले भने,‘नेपालमा राजनीतिक अवस्था स्थिर हुने देखिँदैन । यस्तो अवस्थामा अमेरिकी सहयोगको एमसीसी परियोजना कसरी अघि बढ्छ भन्ने चासो उनीहरुलाई हुनु स्वभाविक हो । त्यो बुझ्न पनि भ्रमण हुन लागेको देख्छु । साथै, पछिल्लो समय चीनबाट पनि लगातार भ्रमण भएका छन्, त्यसले गर्दा पनि अमेरिकाले चासो दिइरहेको छ ।’

अमेरिकाका लागि नेपालका अर्का पूर्व राजदूत अर्जुन कार्कीले उपमन्त्री नुल्यान्डको आगामी हुन लागेको नेपाल भ्रमणलाई सामान्य मान्छन् । ‘सरकार परिवर्तन भएपछि प्रधानमन्त्रीदेखि परराष्ट्र, अर्थ, गृह लगायत मन्त्रालयको नेतृत्व पनि परिवर्तन भएको छ ।

यो अवस्थामा नेपालको प्राथमिकता, चासोहरु र एकअर्का बीचको सुचना आदान–प्रदान गर्नको लागि भ्रमण हुन लागेको हो,’ उनले टिप्पणी गरे,‘भ्रमणलाई सामान्य रुपमा लिनु पर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *