Thursday, March 30
Shadow

अध्यागमनको सर्भर डाउन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा ५ वटा वायुसेवाका सयौं यात्रु अलपत्र गरेका छन् । गृह मन्त्रालयमातहतको अध्यागमनको सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसेकेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।

सर्भर बिग्रिएपछि दुबईको फ्लाई दुबई, कोलकाता जान लागेको एयर इन्डिया, बैंकक जान लागेको थाई स्माइल र दिल्ली जान लागेको नेपाल वायुसेवा निगमका बैंग्लोर उडानका सयौं यात्रु अलपत्र परेका छन् ।‘अध्यागमनको सर्भर बिग्रिएको यो पहिलो घटना होइन, बारम्बर बिग्रिरहन्छ,’महाप्रबन्धक ठाकुरले भने,‘यस्को वैकल्पिक व्यवस्था गर्न पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले थुप्रैपटक गृह मन्त्रालय र अध्यागन विभागलाई तोकेता गरिसक्दा पनि सुधार हुन सकेन ।’

सर्भर बिग्रिएका कारण यी ५ वटा वायुसेवाबाट तेस्रो मुलुक जानुपर्ने दर्जनौं यात्रुका कनेक्टिङ उडान छुट्ने भएका छन् । अहिले विमानस्थलमा यात्रुहरूले अध्यागमनविरुद्ध नाराबाजी गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *