Sunday, September 24
Shadow

१० अर्ब कर्जा सापटी दिँदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाहरुलाई १० अर्ब रुपैयाँ कर्जा सापटी दिने भएको छ । केन्द्रीय बैंकले बजारमा तरलता प्रवाह गर्नका लागि १० अर्ब रुपैयाँ रिपो जारी गर्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले रिपोका लागि आज दिउँसो २ बजेभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।

बैंकको सूचना अनुसार माघ ५ गते जारी हुने रिपो आगामी माघ १४ गते परिपक्क हुनेछ । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोडदेखि ५ करोडले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *