काठमाडौं । हत्या आरोपी सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउका सम्बन्धमा गृहमन्त्री रवि लामिछानेले घुमाउरो जवाफ दिएका छन् ।उनलाई कांग्रेस सांसद रामहरि खतिवडाले प्रश्न गरेका थिए ।
“यहाँ एकजना सांसदको विषयमा प्रश्न उठ्यो । विधि र पद्दती बाहिर गएर गृह मन्त्रालय बाहिर जाँदैन । त्यसको एउटा प्रक्रिया छ । त्यसमा कसैको दबाब हुने छैन । गृह मन्त्रालय टसमस हुनेछैन । तपाईँहरुबाट दबाब र प्रभाव आउने छैन भन्ने विश्वास छ,” लामिछानेको जवाफ थियो ।
नेपालको हवाई सुरक्षामा सरकार गम्भीर छ : मन्त्री किराती संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले हवाई सेवालाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको स्पष्ट पारेका छन्। संसदमा नेपाली कांग्रेसले दुर्घटनाबारे जानकारी दिन माग गरेका गरेपछि पर्यटनमन्त्री किरातीले जवाफ दिँदै हवाई क्षेत्रलाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताएका हुन्।
‘पोखरामा भएको जहाज दुर्घटनाप्रति सरकार दुस्खी छ। हवाई क्षेत्रमा पूर्वाधार सुधार गर्दै यस सेवालाई सुरक्षित बनाउन सरकार गम्भीर छ,’ उनले भने। किरातीले विमान दुर्घटनामा परेर ज्यान गुमाएकाको शवको पोष्टमार्टम पोखरा मेडिकल कलेज र त्रिवि शिक्षण अस्पतालमा भएको जानकारी दिए। पोष्टमार्टमपछि शव आफन्तलाई बुझाउने कार्य भइरहेको पनि सदनलाई जवाफ दिए।
दुर्घटनापछि उद्धारमा सरकारले सक्दो काम गरेको र मृतकका आफन्तलाई बिमाबापतको रकम भुक्तानीको विषयमा पनि सरकारले चासो राखेको उनले बताए। माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको जहाज दुर्घटनामा परेका ७२ मध्ये ७१ जनाको शव फेला परेको र एकजनाको खोजी भइरहेको पनि उनले जानकरी दिए।