Friday, March 24
Shadow

सत्ता गठबन्धनले ल्याउने राष्ट्रपति र सभामुखबारेको प्रस्तावमा छलफल गर्न कांग्रेस तयार

काठमाडौँ — कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख जस्ता पद तटस्थ र संविधानको संरक्षण गर्नुपर्ने खालका भएकाले सत्तापक्षले ती पदका लागि अघि सार्ने प्रस्तावहरुमा छलफल गर्न तयार रहेको बताएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठकमा कांग्रेसले यस्तो धारणा राखेको हो ।

बालुवाटारमा आयोजित बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका नेता रमेश लेखकले कांग्रेस प्रतिनिधिसभाको प्रतिपक्षी दल भएपनि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको विषयमा चासो रहेको जानकारी गराएको बताए ।

‘प्रमुख प्रतिपक्षी दलकै भूमिका निर्वाह गर्दै गर्दा र त्यसमै कायम रहेर राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख संविधानको पालन गर्नुपर्ने, संरक्षण गर्नुपर्ने, तटस्थताको भूमिका निर्वाह गर्नुपर्ने, सबै राजनीतिक दल र नेपाली जनताको संस्था अथवा नेता भएर बस्नुपर्ने पदहरु भएकाले हामी प्रमुख प्रतिपक्षी दलमा भएर पनि यसको विषयमा छलफल गर्न तयार छौैं’ लेखकले भने, ‘प्रधानमन्त्रीले यी पदहरुमा छलफल गरेर अघि जान सकिन्छ कि भनेर भन्नु भएको छ । ‘

बैठकमा कांग्रेसले विश्वासको मत दिएपनि कांग्रेस प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल भएको र शेरबहादुर देउवा बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा उपस्थित भएको जानकारी गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *