Thursday, March 23
Shadow

फुटपाथ व्यवसायीप्रति झन् आक्रामक काठमाडौं महानगरपालिका, निकाल्यो अर्को सूचना

सडक तथा फुटपाथमा व्यापार गर्नेहरुप्रति काठमाडौं महानगरपािलका झन् आक्रामक बनेको छ । महानगरपालिकाले मंगलबार एक सूचना प्काशित गरी महानगरपालिकाभित्रका सडकपेटी फुटपाथ तथा अन्य सार्वजनिक स्थलमा व्यापार व्यवसाय गर्न तथा गराउन पूर्ण रुपमा निषेध गरेको हो ।

महानगरको सूचनाविपरीत कसैले फुटपाथ अतिक्रमण गरी व्यापार गरे हदैसम्मको कारबाही गर्ने चेतावनी दिएको छ ।

“जोसुकैले काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सडकपेटी फुटपाथ वा अन्य सार्वजनिक स्थलमा जुनसुकै तरिकाले व्यापार व्यवसाय गरेमा वा फुटपाथलाई अनधिकृत रुपमा प्रयोग वा कब्जा गरेमा त्यस्तो मालसामान, अनुचित प्रयोग वा व्यापार प्रयोजनार्थ राखिएको अन्य संरचना, अन्य सामग्री वा मालसामान जफत गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ र ९७, फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ र काठमाडौं महानगरपालिकाको विषय सम्बद्ध कानुन बमोजिम हदैसम्मको सजाय गरिनेछ,” महानगरद्वारा सूचनामा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *