Saturday, March 25
Shadow

रेशम चौधरीलाई छुटाउन संसदबाटै कानून ल्याउने प्रचण्डको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनामा जेल जीवन बिताइरहेका रेशम चौधरीलगायतलाई छुटाउन संसदबाटै कानून ल्याउने प्रतिवद्धता जनाएका छन् ।

संसदबाट विश्वासको मत मागेपछि दलका नेताहरुले उठाएका सवालहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

संसद्मा विश्वासको मतमाथि छलफलको जवाफमा उनले चौधरीको त्यस घटनामा संलग्नता नभएको र न्याय दिनुपर्छ भन्ने कुरा आफूले उठाएको बताए ।

अध्यादेश बनाएर भए पनि छुटाउन पहल गरिएको बताउँदै अब संंसद्बाटै नेता कार्यकर्ता छुटाउने वातावरण बनाइने बताए ।

“यही सदनबाट सही विधेयकद्वारा कानुनसम्मत ढंगले उहाँलगायत त्यस किसिमले बन्दी बनाइएका नेता कार्यकर्ता छुटाउने वातावण बनाइन्छ,” उनले भने ।

अदालतमा मुद्दा भएकाले अफ्ठ्यारो भए पनि छुटाउन पहल गर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *