Saturday, March 25
Shadow

वैवाहिक बन्धनमा बाँधिइन् दोहोरी गायिका कल्पना दाहाल (तस्बिर सहित)

दोहोरी गायिका कल्पना दाहाल वैवाहिक बन्धनमा बाँधिएकी छन् । दोहोरी गायिका दाहालले अमेरिकामा बस्दै आएका पुण्यप्रसाद आचार्यसँग वैवाहिक बन्धनमा बाँधिएकी हुन् ।

कल्पना र पुण्यले गत जेठमा ईंगेजमेन्ट गरी अदालतमा कानूनी विवाह गरेका थिए । तर, आज भने उनीहरुले परम्परागत रीतिअनुसार विवाह गरेका हुन् । लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय गायिका दाहाल इन्द्रेणीमा दोहोरी गाएपछि चर्चामा आएकी हुन् । इमाडोलस्थित इन्द्रेणी बैंक्वेटमा आयोजित वैवाहिक समारोहमा फिल्म तथा गायन क्षेत्रका केही कलाकारहरु सहभागी भएका थिए ।

त्यसैगरी , विवाहको अर्थ दुई व्यक्ति एक हुनु मात्र नभएर उनीहरुको विश्वास, एक-अर्काप्रतिको सम्मान, माया, प्रेम र दुई परिवारप्रतिको दायित्व पनि बराबर हुनु हो । वैवाहिक जीवनमा यी कुराहरु भएमा मात्र एउटा विवाह सफल हुन सक्छ र वैवाहिक जीवन सुमधुर हुन्छ । वैवाहिक जीवनलाई कसरी सुमधुर बनाउने ?

हाम्रो वरपर भएका कतिपय दम्पतिहरुलाई हामी एकदम खुशी र सुखी देख्छौ । उनीहरुको खुशी देखेर लोभ लाग्न थाल्छ । विवाह भएको धेरै समय बित्दा पनि उनीहरुमा सधै नयाँ बेहुला-बेहुली जस्तै प्रेम हुन्छ ।

त्यस्तै कतिपय दम्पतिबीच मनमुटावका कारण आफ्नो वैवाहिक जीवनप्रति दुःखी भएको पनि पाउँछौ । विवाह भएको समयदेखि नै दुःखी रहने, ­­हरेक समय झगडा हुने पनि देख्छौ । यस्तो के कारणले हुन्छ भन्ने बारेमा धेरै सर्वेक्षणले यस्ता तथ्यहरु फेला पारेका छन्, जसमा सुखी दम्पती र दुःखी दम्पतीका विश्लेषणहरु उल्लेख छन् ।

सुखी जीवन बाँच्ने दम्पतीले विवाहलाई आनन्दको रुपमा स्वीकार गर्छन् । यस्ता आनन्द कुराहरुको माध्यमबाट पनि उठाउन सकिन्छ भने कुनै काम संग-संगै गरेर पनि आनन्द उठाउन सकिन्छ । त्यस्तै दुःखी दम्पतीले यसलाई एउटा सम्बन्धको रुपमा मात्र हेर्छन् । श्रीमान्-श्रीमतीले एक-आपसमा कुराकानी गर्नुको अर्थ उनीहरुका लागि समय खेर फाल्नु हुन्छ । यदि कुनै काम संगै गर्दाको उदेश्य पनि काम कति बेला सकिन्छ भन्ने हुन्छ । उनीहरु कर्ममा आनन्दको अनुभव नै गर्दैनन् ।

आफ्ना श्रीमान् अथवा श्रीमतीलाई आनन्दको स्रोतको रुपमा हेर्नुपर्छ । दाम्पत्य जीवनमा प्रेम र रमाइलो जागृत भए पछि वृद्धावस्थासम्म पनि यहि क्रम जारी रहन्छ । तपाई आफ्नो श्रीमान्-श्रीमतीप्रति सधैं आकर्षणको स्रोत बनिरहन सक्नु हुन्छ । यसको ठिक विपरित दुःखी दम्पतीहरु वैवाहिक जीवनको शुरुआतदेखि नै विवाहलाई बोझको रुपमा लिन्छन् र सधै आफु बोझ लिएर बाँचेको अनुभव गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *