Saturday, March 25
Shadow

रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले थाल्यो अनुसन्धान, पुष्टि भए के हुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतामाथि छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई पत्राचार गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जिल्ला प्रहरी परिसर काठमाडौंलाई छानबिनका लागि पत्राचार गरेका हुन् ।

चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद रविले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनः पुरानै नागरिकताको प्रयोग गरेको आरोपमा छानबिन थालिएको हो।

प्रहरी परिसर काठमाडौं स्रोतले रविको नागरिकताबारे छानबिनका लागि पत्र आएको पुष्टि गरेपनि थप केही बताउन चाहेको छैन। अधिकारीहरूले यसबारे औपचारिक रुपमा बोल्न मानेका छैनन् ।

रवीले जानबुझ गल्ती गरेको ठहर भएमा एक वर्षदेखि ३ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई पत्र पठाएसँगै प्रहरीले अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए।

उनले भने, ‘‘ जिल्ला प्रशासन कार्यालयबाट पत्र आएको छ। छानबिनको प्रक्रिया अघि बढेको छ। अनुसन्धान भइरहेको छ।’’ उनले २०५० सालमा प्राप्त गरेको नागरिकता नै प्रयोग गरिरहेका छन्। अमेरिकी नागरिकता लिएपछि पनि नेपाली नागरिकता त्यागेका थिएनन्।

नेपालको कानुन अनुसार विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता स्वतः खारेज हुन्छ। यदि पुन नेपालकै नागरिकता लिनुपर्ने भएमा विदेशी नागरिकता त्याग्नुपर्ने प्रावधान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *