नेवैज्ञानिक डा. आर एस शर्माका अनुसार यो सुई एक पटक लगाएको खण्डमा १५ वर्षसम्म काम गर्ने। अहिलेसम्म गर्भनिरोधक चक्की र सुई महिलाका लागि मात्र बनेका थिए। महिलाहरुले एक पटक सुई लगाए तीन महिनासम्म गर्भ नबस्ने सुई प्रचलित छ।
तर, अहिले भारतीय वैज्ञानिकहरुले पुरुषका लागि पनि सुई बनाएका छन्। त्यो सुई एक पटक लगाएको खण्डमा १५ वर्षसम्म बच्चा नहुने बताइएको छ । भारतीय वैज्ञानिकहरुको पहिलोपटक यस्तो सुई बनाएको दाबी गरेका छन् । यो सुई इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चका वैज्ञानिकहरुले तयार पारेका हुन्।
सुई आविष्कारमा संलग्न वैज्ञानिक डा. आर एस शर्माका अनुसार यो सुई एक पटक लगाएको खण्डमा १५ वर्षसम्म काम गर्नेछ। उक्त सुईको प्रयोग भारतको पाँचवटा राज्यमा भइसकेको छ। दिल्ली, हिमाञ्चल, जम्मू, पञ्जाब र राजस्थानमा यसको परीक्षण गरिएको हो । ड्रग कन्ट्रोलर जनरल अफ इण्डियाले सुई पास गरेपछि सर्वसाधारणले पनि लगाउन पाउनेछ।
यी हुन् बदामका फाइदाहरु : स्वास्थ्य शरीरको लागि पौष्टिक खाने कुरा निकै आवश्यक हुन्छ । त्यसमा पनि नियमित बदाम खानु विशेष लाभदायक मानिन्छ । बदाममा प्रोटिन, भिटामिन, फ्याट पर्याप्त मात्रामा पाइने भएकोले गर्दा रोगसँग लडने क्षमता बढाँउछ ।
यस ड्राई फ्रुटमा ‘भिटामिन–इर्’ र ‘बी–६’ पाइन्छ, जसले मस्तिष्कका कोशिकाहरूलाई स्वस्थ्य राख्न मद्दत गर्छ ।
तौल नियन्त्रण : बदाममा प्रोटिन पाइने भएकोले गर्दा अन्य क्यालोरीयुक्त खाने कुरा खान मन लाग्दैन । त्यसले गर्दा बदामले तौल नियन्त्रण गर्दछ ।
भिटामिन सी : बदाममा भिटामिन सी पाइन्छ जसले रुधा, खोकी लगायतका थुप्रै स्वास्थ्य समस्याबाट टाढा राख्दछ ।
कोलेस्ट्रोल नियन्त्रण : दैनिक बदाम खाँदा कोलेस्ट्रोल नियन्त्रण हुन्छ । जसबाट मुटु रोगबाट जोगाउछ ।
छालामा चमक : बदाममा हुने पोषणयुक्त फाइबरले छालामा हुने अत्यधिक तेललाई फ्रलस गरी नरम र चम्किलो बनाउँछ ।
रोग प्रतिरोधी क्षमता बढाँउछ : बदाममा प्रोटिन, भिटामिन, फ्याट पर्याप्त मात्रामा पाइने भएकोले गर्दा रोगसँग लडने क्षमता बढाउनुका साथै अन्य रोग लाग्नबाट बचाँउछ ।
प्रजनन क्षमतामा वृद्धि :बदाममा प्रशस्त मात्रामा फोलिक एसिड पाइन्छ । जसले महिलाको प्रजनन क्षमता वृद्धि गर्छ ।