Sunday, September 24
Shadow

कमल थापा भन्छन्– ‘मैले चुनाव हार्दा नेपाललाई हिन्दूराष्ट्र बनाउने सपना कमजोर भयो’

काठमाण्डौ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनाव हारेर आफूले केही नगुमाएको बताएका छन् । सामाजिक संजाल फेसबुक मार्फत एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।

उनले लेखेका छन् आफूले चुनाव हारेर केही नगुमाएको तर हिन्दु राष्ट्र, काठमाण्डौ जोड्ने सुरुङमार्ग, नयाँ औद्योगिक क्षेत्र,चक्रपथ बनाउने, हेटौँडा हस्पिटलको स्तरोन्नति गर्ने र विश्वविद्यालय स्थापना गर्ने सपना हारेकोमा भने चिन्ता लागेको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडा बनाउन आफू सफल भएको उल्लेख गर्दै थापाले लेखेका छन्, ‘हेटौंडालाई राजधानी त बनाएँ। तर, काठमाडौं जोड्ने सुरुङमार्ग, नयाँ औद्योगिक क्षेत्र, चक्रपथ बनाउने र विश्वविद्यालय स्थापना गर्ने सपना हारेकोमा भने चिन्ता छ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले पुन: राप्रपा नेपाल ब्युँताएका थिए। थापा एमालेको चुनाव चिह्न सुर्य लिएर मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिए। तर, उनी राप्रपाका दीपक सिंहसँग पराजित भए।
उनले आफुले पराजय भोगेपछि केपी ओलीसँम्ग माफी मागेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *