Thursday, March 23
Shadow

रवीको पार्टीलाई अर्को कडा झड्का, जित्नै लागेकी उम्मेद्धवार पछि परिन्

काठमाडौं, मंसिर ११ । जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राईको धड्कन अहिले पनि तिब्र गतिमा नै धड्कीरहेको छ । किनकी उनलार्य सुनसरी प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले जतिबेला पनि उछिन्न सक्छिन् भन्ने डर छ ।

गोमा तामाङले निरन्तर अग्रता लिइरहेका बेला ६६ हजार २५ मत गन्दा अशोककुमार राई चार मतले अगाडि परेका हुन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई पछि पारेका हुन्।

यसअघि तामाङले अग्रता लिँदै आएकी थिइन्। उनी हिजो सम्म पनि अग्र स्थानमा थिइन्। अशोककुमारको १३ हजार ८०१ मत पाउँदा गोमाले १३ हजार ७९७ मत पाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *