एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी कांग्रेस नेता डम्बरबहादुर खड्कालाई पराजित गरेर इलाम २ बाट प्रतिनिधिसभा सदस्य बनेका हुन् ।
नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाए । यस क्षेत्रबाट ०७४ मा पनि नेम्वाङ नै निर्वाचित भएका थिए ।
त्यस्तै मोरंग क्षेत्र नम्बर ३ बाट राप्रपाका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उठेकी नायिका रेखा थापाले निर्वाचनमा जित्नु र हार्नुको कुनै अर्थ नरहने बताएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफुले चाहेको भए निर्वाचन नै नलडी सांसद बन्न सक्ने अवसरहरु रहेको संकेत समेत गरेकी छिन् ।
उनले आफुले त्यस्ता अवसरहरुको लोभ नगरेको समेत दाबी गरिन् । उनी निर्वाचित कांग्रेसका सुनिल शर्मालाई बधाई दिदै लेख्छिन्- उम्मेदवार हुँदै गर्दा जित्नुपर्छ भन्ने लाग्नु अस्वभाविक होइन । तर निर्वाचित हुने एक जना मात्र हो । राजनीति लामो समयको यात्रा हो । यसमा जित्नु वा हार्नुको मात्र अर्थ रहँदैन पनि ।
सांसद मात्र बन्ने चाहना हुँदो हो त म प्रत्यक्ष निर्वाचन नलडी सांसद बन्न सक्ने धेरै सजिलो अवसर मेरा सामु थियो । मैले त्यो अवसरको लोभ नगरि प्रत्यक्ष उम्मेदवार बनेको थिएँ । यसका धेरै अर्थ थिए र छन् भन्ने लाग्छ । खैर, बाँकी कुराहरु गर्दै जाउँला । निर्वाचनबाट पराजित हुँदैमा म अब तपाईँहरुबाट टाढा हुने नसोच्नु होला । मेरो निर्वाचन क्षेत्रका हरेक सुख दुख बाँड्न म सँधै सँगै हुनेछु ।
मतगणनाको कूल परिणाम आउँदा उनी समग्रमा तेस्रो स्थानमा रहिन् ।सो क्षेत्रमा ४८ हजार ६१३ मत ल्याएर कांग्रेसका सुनिलकुमार शर्मा निर्वाचित भए । रेखाबाहेक प्रत्यक्षतर्फ उठेका अन्य कलाकार उम्मेदवार पनि पराजित हुन पुगेका छन् । रेखा संगै कोमल वली , संजय श्रेष्ठ, हिमेश पन्त, मधुसुधन पाठक सितेबाले पनि पराजय भोगेका छन् ।