दम्पतीबीच हुने शारीरिक क्रिया बनाउनका लागि उपयुक्त समय कुन होला ? यसमा घरको वातावरण, दम्पतीको मुड लगायत अनेक कुरा जोडिएर आउन सक्छ ।
शारीरिक क्रिया बनाउनु र त्यसबाट चरोमत्कर्षमा पुग्नु फरक कुरा हुन् । शारीरिक क्रियाबाट दम्पतीहरु तृ प्त हुन चाहन्छन् । यद्यपी कतिपय अवस्थामा शारीरिक क्रियाले त्यस किसिमको सन्तुष्ट दिदैन । हतार, भय, प्रतिकुलता, खराब मुडामा बनाइएको शारीरिक क्रिया त्यती राम्रो हुँदैन ।
कतिपय अवस्थामा गरिने शारीरिक क्रियाले नराम्रो नतिजा पनि दिन सक्छ । किनभने यसका लागि दुबै जना उत्तिकै उत्सुक र सक्रिय हुनुपर्छ । शारीरिक र भावनात्मक दुबै रुपले तयार हुनुपर्छ । त्यसैले कोहीपनि चाहँदैनन् कि आफ्नो शारीरिक क्रियाले खराब स्थिती पैदा होस् । यस किसिमको शारीरिक क्रियाले दम्पतीको साझा जीवन खल्लो बनाइदिन सक्छ ।
खासमा मान्छेमा कामवासनाको स्तर अलग अलग हुन्छ । यसका साथै शारीरिक क्रियामा समयले पनि भूमिका खेल्छ । अर्थात कुन समयमा तपाईं शारीरिक क्रिया गर्दै हुनुहुन्छ ? त्यसले तपाईंको साझा सन्तुष्टिमा प्रभाव पार्छ । कतिपय दम्पती मध्यरात वा घर परिवारका सबैजना सुतिसकेपछि शारीरिक क्रिया गर्नका लागि अनुकुल समयठान्छन् ।जस्तो कि, रातको ९ बजे । वा १० बजे । यद्यपी यो समय नै आफुलाई
अनुकल लाग्छ भने एकपटक सोच्नुपर्ने हुन्छ । केही अध्ययनबाट थाहा भएको कि उक्त समय सयनमा सुखद पल महसुष गर्नका लागि अनुकल हुँदैन । के भन्छ अध्ययन ? फ्रटियर्स इन साइकोलोजीले यस अध्ययन गरेको थियो, जसमा पाइयो कि युकेका धेरैजसो दम्पती रातको ९ बजेदेखि १ बजेसम्मको समयमा शारीरिक क्रिया गर्छन् ।
यी दम्पतीले जब पोल सर्वेमा भाग लिए तब थाहा भयो कि उनीहरुले साझा जीवनमा पूर्ण सन्तुष्टि हासिल गर्न सकेकै थिएनन् । ४० प्रतिशतभन्दा कम दम्पतीले राम्ररी सन्तुष्टि नै पाएका थिएनन् । तिपय दम्पतीको अनुभवमा राती शारीरिक क्रिया गर्नु दिउसोको समयमा काम गर्नु जस्तै लाग्ने भएकाले त्यसबाट च रम आनन्द लिन सकिएन ।
यसको पछाडि के कारण छ त ? रातको समय शारीरिक विश्रामको समय हो । यतिबेला हाम्रो शरीर मर्मत कार्यमा लागेको हुन्छ, ताकि भोलिको दिनमा आफुलाई तयार राख्न सकौं । त्यसैगरी शारीरिक क्रियाका लागि हाइ इनर्जी जरुरी हुन्छ, ताकि पर्फमेन्स राम्रो हुन सकोस् ।
के हो कारण ? मान्छेको बडी क्लक र शारीरिक क्रिया गर्नुसँग सम्बन्ध जोडिएको छ । खासगरी यसले हर्मोन र उ त्ते जनामा प्रभाव पार्छ । दिनभरको श्रम, थकानपछि रातको समयमा शरीर तनावमुक्त रहनका लागि विश्रामको जरुरत हुन्छ ।
त्यसैले शरीरलेविश्राम खोजिरहेको बेला शारीरिक क्रिया गर्दा त्यसबाट पूर्ण सन्तुष्टी प्राप्त गर्न सकिदैन । के हो त यसको विकल्प ? अतिरिक्त काम गर्नका लागि शरीरलाई उर्जा आवश्यक हुन्छ, ठिक त्यसैगरी सक्रिय शारीरिक क्रियाका लागि शरीरमा इनर्जी लेभल राम्रो हुनुपर्छ । त्यसैले बिहानको समयमा शारीरिक क्रियामा लाग्नु बढी उपयुक्त हुन्छ । बिहानको समयमा बनाइने शारीरिक क्रिया राम्रो मात्र हुँदैन, यसले पूर्ण सन्तुष्टि पनि दिलाउँछ ।
राती तपाईं निद्राको अवस्थामा हुनुहुन्छ, तब पनि शरीरलाई सक्रिय गराउनुहुन्छ । जबकी यतिबेला शरीरले दिनभर खर्चेको उर्जा सञ्चय गर्ने र मर्मत गर्ने काम गरिरहेको हुन्छ । यस्तो अवस्थामा शारीरिक क्रिया गर्नु भन्दा बिहानको समयमा शारीरिक क्रिया गर्नु धेरै उत्तम हुन्छ ।