काठमाडौं । समानुपातिक प्रणाली तर्फ नेकपा एमाले पहिलो स्थानमा रहँदै १८ लाख ९६ हजार ७३१ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १८ लाख २९ हजार ७९१ मत ल्याउँदै दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै त ेस्रो स्थानको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लाई पछि पार्दै माओवादी केन्द्र अघि बढेको छ । माओवादीले ८ लाख १ हजार ५२४ मत पाउँदै तेस्रो बन्दा रविको पार्टी चौथो स्थानमा ओलीएको छ ।
१२ : ५३ सम्मको मतगणना अनुसार चौथो स्थानमा झरेको रास्वपाले ७ लाख ९९ हजार ३२० पाएको छ ।
यो पनि : रवि लामिछानेको चुनावी खर्च यति थोरै रु के रविले देखाएको चुनावी खर्च यत्ति होला त ? : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावमा थोरै भन्दा थोरै गर्ने प्रयास गर्दा गर्दै करिब १२ लाख खर्च भएको बताएका छन् ।
शनिबार चुनावी खर्च विबरण सार्वजनिक गर्दै रविले चुनावी अवधिमा ११ लाख ८१ हजार ४७२ खर्च भएको बताएका छन् ।
चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका रविले औपचारिक सपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पूर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेसमेत बताएका छन् ।
रविले यस विषयमा सामाजिक सञ्जालमार्फत जनाकारी दिँदै आजदेखि खुसियाली मनाउने दिन सकिएको समेत प्रतिक्रिया दिएका छन् ।
फेसबुकमा रविले आफ्नो कार्यकालभरि कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने दाबी गर्दै संघसंस्थाको उद्घाटन, आसन ग्रहणमा सहभागी नहुने समेत उल्लेख गरेका छन् । उनले प्रत्यक चार महिनामा सार्वजनिक सुनुवाइमा आफैं उपस्थित हुने समेत उल्लेख गरेका छन् ।