Sunday, September 24
Shadow

सन्दीप लामिछानेका बाबु अहिले छोरीको घरमा बस्छन्, छोराको यो दुखको खबरले उनीहरुमा मानसिक प्रभाव परेको छ

नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान २२ वर्षीय सन्दीप लामिछानेले प्रहरी समक्ष आत्मसर्मपण गरे लगत्तै उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसनधान सुरु गरिएको छ ।

दशैँको भोली पल्ट नै नेपाल झरे लगत्तै उनलाई गौशाला प्रहरी वृत्त पुर्याएर हाजिरी गराएपश्चात सन्दीपलाई सिनामंगलस्थित केएमसी अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गरियो भने सन्दीप्पलाई भेट्न उनका बाबु र आमा काठमाडौँ आउन सकेनन् ।

सन्दीपको घटना सार्वजनिक भएसँगै बुवाआमामा मानसिक प्रभाव परेको छ । उनीहरु दुवै अस्वस्थ बनेपछि अहिले चितवनमै रहेको एक छोरीको घरमा बस्न थालेका छन् ।

सन्दीपलाई १ पोको गाँजा सहित पक्राउ परेका काठमाडौंका विमल देउलादेखि पैसा लुटेको आरोपमा पक्राउ गरिएका सर्लाहीका संजय थापासहितका थुनुवा सँगै एकै स्थानमा राखिएको छ ।

हिरासतमा सन्दीपलाई उनका दाजु र वकिलले भेटेका छन् । चितवनबाट आएका दाजुले सन्दीपको लगेज वृत्तबाट बुझेर लगेका थिए । दाजु भारतमा ब्यबसाय गर्छन् भने सन्दीपका दुई दिदीहरु छन् । दुवैजना विवाहित हुन् । अहिले सन्दीपका बाबु आमा दिदीकै घरमा बस्दै आएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *