काठमाडौं । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको मृत्यु भएको छ । उनको आज बिहान काठमाडौं काँडाघारीस्थित आफ्नै निवासमा मृत्यु भएको बताइएको छ ।
परिवारका अरु सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए । उनको आफ्नै घरको बाथरुममा लडेर मृत्यु भउको बताइएकाने छ । अहिले ढुंगेलको घरमा प्रहरी पुगेको छ ।
पहिलो संविधानसभाका सदस्यसमेत रहेका उनी सशस्त्र द्वन्द्वका क्रममा भएको उज्जन श्रेष्ठको हत्या आरोपमा ज्यान मुद्दामा दोषी ठहर भएका थिए ।
उक्त अभियोगमा उनी दुई पटक गरी करिब ७ वर्ष जेल बसेका थिए । उनी हाल एमालेको पोलिट्ब्यूरो सदस्य थिए । यो पनिएमालेबाट भक्तपुर १ मा नवराज गेलाल र २ मा महेश बस्नेतको नाम सार्वजनिक
प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट भक्तपुरमा टिकट पाउनेहरुको नाम सार्वजनिक भएको छ । सोहीअनुसार भक्तपुर क्षेत्र नं १ मा नवराज गेलाल रहेका छन् ।
गेलाल यसअघि जिल्ला समन्वय समिति भक्तपुरका सभापति थिए । यस्तै, भक्तपुर क्षेत्र नं २ मा महेश वस्नेतको नाम सार्वजनिक भएको छ । उनी पार्टी केन्द्रिय सदस्य तथा प्रतिनिधि सभामा पछिल्लो पटकको निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए ।
यस्तै प्रदेश सभा १ ख (भक्तपुर नगर) मा नारायणसुन्दर सिन्ताकल र १ क (चाँगुनारायण) मा मोहनवीर श्रेष्ठको नाम सार्वजनिक भएको छ । यस्तै प्रदेश सभा २ ख (मध्यपुर थिमि) मा चन्दनकृष्ण श्रेष्ठ र प्रदेश सभा २ क (सूर्यविनायक) मा किरण थापाको नाम सार्वजनिक भएको छ ।
एमाले पार्टी भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले मंसिर ४ मा हुने निर्वाचनका लागि उनीहरुको नाम सार्वजनिक भएको पुष्टी गरे । ‘तर यो नै फाइनल नहुनसक्छ’, उनले भने, ‘भोलि यसमा तलमाथि पनि पर्नसक्छ ।’