Thursday, March 23
Shadow

दुर्गा प्रसाईले गर्जिदै भने म गगन थापा भन्दा पहिला प्रधानमन्त्री बनेर देखाउँछु, गगन मलाई हेरेर बस्नेछन् (भिडियो)

मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंले काँग्रेस महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापा भन्दा आँफु पहिल्यै प्रधानमन्त्री बनेर देखाइदिने बताएका छन् ।

प्रसाईले कार्यक्रम द प्रकाश सुवेदी शोमा बोल्दै गगन असफल राजनितिज्ञ भ एको आरोप लगाउँदै गगनले भन्दा आँफुले राजनीतिमा छिटो फड्को मार्ने समेत दाबी गरे । डाक्टर गोबिन्द केसीलाई दलालको आरोप लगाउँदै प्रसाईले पत्रकारहरुलाई पनि बाँकी छाडेनन् ।

उनले विमानस्थलमा भन्सार लाग्छ लाग्दैन आँफुलाई थाहा नभएको तर भारतीय सीमानाबाट सामान नेपाल ल्याउने क्रममा ९९ सय रुपैयाँको सामान पुल मुनीबाट आउने र १ रुपैयाँको सामान भन्सार तिरेर पुलमाथिबाट आउने गरेको र त्यहाँ पत्रकारले पैसा खाएर समाचार नलेखेको भन्दै गम्भिर आरोप लगाए ।

प्रसाईले कार्यक्रम द प्रकाश सुवेदी शोमा बोल्दै भने मैले पत्रकारका खाता खातामा पैसा हालिदिएको रेकर्ड मसँग छ भन्दै भने प्रकाशजी तपाईलाई पनि पैसा चाहिएको भए खाता दिनुहोस् म पैसा हालिदिन्छु समेत भन्न भ्याए ।

कार्यक्रम द प्रकाश सुवेदी शोमा उक्त सुनको लौरोको रहस्य खोल्दै आँफुले उक्त झोला नै नखोलेको र काठमाडौँबाट फर्किए लगत्तै हेर्ने समेत बताएका छन् ।

दुबईका राज परिवारका सदस्यले दिएको उक्त लौरोबारे थप रहस्य खोल्दै उनले भने उक्त लौरो संयुक्त अरब इमिरेट्स ९यूएई०का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमका बुबाले मर्नु अघि छोरालाई दिएको अन्तिम उपहार भएको बताए ।

बाबुले मृत्युबरण गरिरहँदा पाएको मायाको चिनो राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले आँफुलाई दिएर यूएई र नेपालको मित्रताको एउटा इट्टा थपिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *