नेकपा एमालेले अछाम–१ मा अर्थात भीम रावलको क्षेत्रमा झपट बोहोरालाई टिकट दिएको छ ।अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र छोडेर आएका बोहोरालाई टिकट दिने निणृय गरेसँगै एमाले नेता भीम रावलले टिकट नपाउने भएका छन् ।
अछाम जिल्ला कमिटीले भने भीम रावललाई सर्वसहमत एकल सिफारिस गरेको भएता पनि ओलीसँगको टसलका कारण ओलीले रिस साँध्न नेता रावललाई टिकट नदिएसँगै एमालेको भित्री गुट र मनपरीतन्त्रको फेुरी एकपटक पर्दाफास भएकमो छ ।
गएको वर्ष मंसिरमा सम्पन्न एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा ओलीसँग प्रतिश्पर्धा गर्नुअघि देखि नै हक्कि स्वभावका नेता रावल सँधै ओलीतन्त्रको विरोधीकै रुपमा देखा परे ।
पार्टीको हित र जे देख्यो त्यही बोल्ने स्वभावका नेता रावल दशबुँदे गरी एमालेमै बसेका पूर्व उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री हुन् ।सुदूरपश्चिमकै उच्च तहका नेता रावललाई जिल्ला कमिटीले गएको २९ भदौमा प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि एकल सिफारिस गरेको थियो ।उता अछाम–२ बाट एमालेले यज्ञ बोगटीलाई प्रतिनिधिसभा सदस्यको टिकट दिएको छ ।