Thursday, March 23
Shadow

सन्की बालेनका कारण काठमाडौँका गरिबहरुको बेहाल बन्यो : एमाले नेता महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका मेयर बालेन शाह सिङ्घम बन्न खोज्दा लाखौँ मानिसले आफ्नो गुजारा नै गुमाउन पुगेका छन् ।

पछिल्ला दिन प्रमुख शाहले काठमाडौं महानगर भित्र अवैध तरिकाले निर्माण गरिएका संरचना भत्काउने कार्यलाई तिव्रता दिएका छन् । यस्ता कार्यमा उनी आफै उपस्थित भएर गरेका बेला नेता महेश बस्नेतले एक कार्यक्रममा नै आफ्नो अन्तरवार्ता दिँदै भनेका छन् ‘तपाँइलाई भत्काउने र ध्वसं गरेर हिरो हुन्छु भन्ने लाग्या होला ।

हाम्रोतिर ध्वसं होइन निर्माणको लहर चलेको छ । यताका डोजरमा मेयर चड्दैनन् ड्राइभर चड्छन् । डोजर चलाउन रहर भए ड्राइभिङ्ग सिकेर आउनुहोला,’ बस्नेतले शाहलाई निम्तो दिएका छन् ।

बालेनको यो कदमले लाखौँदे रोजगारी गुमाइरहँदा के बालेन खुशी हुन सक्लान् रु नेता बस्नेतले बालेनलाई प्रश्न गरेका छन् । जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भनका छन् अवैध संरचना भत्काउने मात्रै एउटा विधि हो ।

तर असनभरीका घरहरु भत्किन्छन् । काठमाडौंका पुराना परम्परागत सबै संरचना भत्किन्छ ? जो नक्सा पास नै नभई बनेका छन् ।’ निर्माण भैसकेका संरचना भत्काउने भन्दा पनि अन्य कुनै विकल्प खोज्नु उनले मेयर शाहलाई सुझाव समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *