एक अध्ययनले पुरुषको तुलनामा महिलाको से क्स पार्टनर (यौ न साझेदार) बढी हुने देखाएको छ । भारतका ११ राज्य र केन्द्र शासित प्रदेशहरूमा पुरुषको तुलनामा महिलाहरू औसतमा बढी यौ न साझेदार छन् ।
तर त्यस्ता पुरुषको संख्या करिब ४ प्रतिशत रहेको पाइएको छ, जसले आफ्नो श्रीमती नभएको वा कहिल्यै सँगै नभएको यौ न पार्टनरसँग सम्बन्ध राखेका छन् । यो संख्या महिलाको तुलनामा धेरै हो । यस्ता महिलाको संख्या ०.५ प्रतिशत मात्रै छ । भारतको राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणको तथ्यांकमा यो जानकारी बाहिर आएको हो ।
सर्वेक्षणमा १ लाख १ हजार महिला र १ लाख पुरुषले भाग लिएका थिए । उक्त सर्वेक्षणमा धेरै राज्यमा पुरुषको तुलनामा महिलाको यौ न पार्टनरको संख्या बढी रहेको खुलासा भयो । जानकारी अनुसार राजस्थान, हरियाणा, चण्डीगढ़, जम्मू र कश्मीर, लद्दाख, मध्य प्रदेश, आसाम, केरला, लक्षद्वीप, पुडुचेरी र तमिलनाडु जस्ता राज्यहरू र केन्द्र शासित प्रदेशहरू समावेश छन् ।
राजस्थान राज्यहरूको सूचीमा शीर्ष स्थानमा छ, जहाँ महिलाहरूको औसत ३.१ पार्टनरहरू छन्, जबकि पुरुषहरू १.८ मा सिमित छन् । त्यसैगरी, श्रीमती नभएका र लिभ–इनमा नभएका महिलासँग सम्बन्ध राख्ने पुरुषको संख्या ४ प्रतिशत रहेको पाइएको छ । यस्ता महिलाको संख्या पुरुषको तुलनामा निकै कम र ०.५ प्रतिशत मात्रै रहेको छ ।
२०१९ देखि २१ सम्म भारतका २८ राज्य र केन्द्र शासित प्रदेशका ७०७ जिल्लामा गरिएको राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणमा यो कुरा बाहिर आएको हो ।