Thursday, March 23
Shadow

गज्जबको जागिर छाडेर पानी पुरी बेच्ने यी सुन्दरी पुनमलाई विबाह गर्ने केटाहरुको लाग्यो लाइन

तपाईले सानो तिनो व्यापार गर्न पाए व्यापार रोज्नुहुन्थ्यो की एउटा गज्जबको जागिर रु धेरैले जागिर नै रोज्थे होलान् तर भारतकी पुनम नाम गरेकी एक युवतीले भने गज्जबको जागिर गर्ने अफरलाई लत्याएर आफ्नो व्यापार सुरु गरेकी छिन् ।

उनले आफ्नो पढ्ने समयलाई मध्यनजर गर्दै लामो समयको जागिर भन्दा छोटो समय दिए हुने व्यापारलार्य रोजेर मनग्य आम्दानीसहित आफ्नो पढाईलाई अगाडी बढाइरहेकी छिन् ।

हिरोइन जस्तै सुन्दर पुनमले मिट्ठो पानी पुरी, चटपट, चिया लगायत बेचेर आफ्नो र परिवारको गुजारा चलाउँदै क्इाम्पस पढीरहेकी छिन् ।उनकोमा पानीपुरी, चटपट खान आउनेहरुले उनको सुन्दरताको तारिफ गर्ने गरेका छन् ।

कतिपयले त उनलाई बिवाहको प्रस्ताव समेत राख्ने गरेको उनले लजाउँदै बताइन् । आँफु्लाई विबाहको प्रस्ताव राख्ने युवकहरुलाई इन्कार गर्दै पुनमले आँफु सँगै पानी पुरी बेच्न आउनु पर्ने शर्त समेत राख्छिन् । कतिपयले रानी बनाएर राख्छु भन्दा पुनमले आफ्नै स्वतन्त्र संसार ठिक भएको बताउने गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *