Thursday, March 30
Shadow

२२ लाख घुससहित समातिएका गोल्ड मेडालिस्ट उपसचिवले दुनिया दंग खाने कुरा गरे

२२ लाख घुस रकमसहित पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालले उक्त रकम आँफुले घुस लिएको नभई कसैले आफ्नो गाडीमा राखिदिएको अपत्यारिलो प्रतिक्रिया दिएका छन् ।

उपसचिव नेपाल मंगलबार अपराह्न घुसहित समातिएका हुन् । पेशाले सिनियर एयर ट्राफिक कन्ट्रोल अफिसर (सिनियर एटीसी अफिसर) रहेका उनको जिम्मेवारी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखामा थियो ।

साउन १७ गते मंगलबार एकाएक नागपोखरीस्थित होटल अरण्यबाट ६ लाख घुस रकमसहित समातिएका उनको गाडीबाट थप रकम फेला परेसँगै उनी थप अप्ठ्यारोमा परेका छन् । प्याराग्लाइडिङको उडान अनुमतिका लागि फाइल नै अगाडि नबढेपछि उपसचिव नेपाललाई पर्यटन व्यवसायी घुस दिएर काम अगाडी बढाउन खोजेको देखिन्छ ।

बार्गेनिङ पछि ६ लाख रुपैयाँमा काम गर्ने सहमति भएसँगै उनले घुस लिएर काम गर्ने क्रममा अख्तियारको टोलीले उनलाई रंगे हात समातेपछि उनले गाडीमा भेटीएको १६ लाख रकमको बारेमा आँफुलाई जानकारी नभएको भन्दै मोवाइलको प्याटर्न खोल्न नमानेको अनुसन्धानमा खटिउका अधिकारीले जानकारी दिए । उनले प्याटर्न बिर्सिएँ भन्दै बनावटी जवाफ समेत दिन भ्यउाएको अधिकारीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *