Thursday, March 30
Shadow

अचानक धरानका मेयर हर्क साम्पागंलाई किन भेट्न पुगे रवि लामिछाने, उस्तै पोषकमा सजिएका यी दुईबिच के-के भयो कुराकानी ?

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट वार्ता गरेका छन् ।

भेटमा धरानको विकासका साथै सामान्य राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।धरानस्थित उपमहानगरपालिकाकै कार्यकक्षमा साम्पाङ र लामिछानेबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा लामिछानेले साम्पाङलाई औपचारिक रुपमा बधाई तथा शुभकामना पनि दिएका थिए ।

लामिछानेले नेपाली राजनीतिले परिवर्तन गर्न खोजेको आवाजलाई बुलन्द पार्ने धरान आफ्नो लागि विशेष भएको हर्कलाई बताएका थिए ।

हर्क र रवि एउटै एउटै पोसाकमा देखिएका थिए । केही समय पहिले पाटी खोलेपछि रवि देश दौडाहामा व्यस्त रहेका छन् ।

निर्माताले प्रसाद २ को पैसा माग्दा नदिएपछि झोक्किएर सुटिगं स्थलबाट हिँडेका रहेछन् नायक विपिन कार्की, पैसा दिने विषयमा निर्माताले यसरी दिन्थे दुख
फिल्म पशुपति प्रसादमा दिपेन्द्र के खनालसँग काम गर्दा निकै सहज थिए नायक विपिन कार्की ।

नायक विपिन कार्कीले जात्रा, जात्रै जात्रा लगायतका सफल फिल्मरुमा काम पाएपछि उनको भाउ बढ्दै गइरहेका बेला निर्देशक सुदर्शन थापाले ‘प्रसाद २’का लागि सुर्दशनसँग काम गर्न खोजे ।

तर विपिनले बलिउड फिल्म ‘एनिमल’ साइन गरेपछि उनको घमण्ड बढ्न थालेको फिल्मीकर्मीहरुले बताइरहेका बेला विपिनले आफ्नो ताल पोखरामा देखाए । २ साता कास्कीको ल्वाङमा वर्कशपदेखि गाउँ भ्रमणसम्म सकेपछि निर्देशक सुदर्शन थापाले ‘प्रसाद २’का लागि क्यामेरा अन गर्ने तयारी गरेपनि विपिनको बदलिएको रुप देखेपछि निर्देशक सुदर्शन थापाले आफू यही तरिकाले काम गर्न नसक्ने बताए ।

त्यही मौका छोपेर विपिन आमालाई भेट्ने वहानामा मुड छैन भन्दै काठमाडौँ आए र खल्लबल्ल मच्चाए । विपिनको आडम्बर सेटमा प्रष्ट झल्किएको छायांकन हुनै लागेको फिल्म ‘प्रसाद २’को निर्माण यूनिटले मात्रै होइन कलाकारहरुले नै बताउँछन् । यही मेसोमा नयाँ निर्माता केशव पाण्डेले पनि कलाकारबाट पाएको यस्तो झन्झटबाट तत्काल काम गर्न नसक्ने सोचमा देखिएपछि फिल्म तत्कालै छायांकनमा जाने संकेत छैन ।

विपिनले विशेषगरि बलिउड फिल्म ‘एनिमल’ साइन गरेपछि उनको घमण्ड बढ्न थालेको र उनले फिल्मको सेटमा पनि दुःख दिने गरेको गुनासो फिल्म निर्माताहरु बताउँछन् । ‘प्रसाद २’ रोकिनुमा अर्को मुख्य कारक हुन् फिल्मका प्रस्तुतकर्ता सुभाष थापा ।

छायांकन सेटमा विपिनले सुभाषसँग पैसाको मागे पनि सुभाषले सँधै भोली–भोली भन्दै टार्ने गरेका थिए । यसैले, सुभाषको कम्पनीमा फिल्म बनुन्जेल काम नगर्ने मुडमा विपिन पुगेको बताइन्छ । जसका कारण अब ‘प्रसाद २’ बन्छ या बन्दैन भन्ने अन्यौल सतहमा नै आएर देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *