Thursday, March 23
Shadow

काठमाडौंमा चितुवाको आक्रमणबाट एकै घरका पाँच जना घाइते , घाइते पाँचै जनाको काठमाडौंको मनमोहन अस्पतालमा उपचार

काठमाडौंमा चितुवाको आक्रमणबाट एकै घरका पाँच जना घाइते भएका छन् । घाइते पाँचै जनाको काठमाडौंको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । काठमाडौंको नागार्जुन नगरपालिका-८ भीमढुङ्गा स्थित हर्साखोलामा चितुवाको आक्रमणमा एकै घरका पाँच जना घाइते भएका थिए ।

हर्सनखोला बस्ने ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा पसि चितुवाले आक्रमण गरेको थियो । अस्पतालमा उपचाररत पाँचै जनाको अबस्था सामान्य रहेको र उनीहरुबोल्न सक्ने अवस्थामा रहेको अस्पतालले जानकारी दिएको छ ।

यो पनि : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलार्ई तबला उपहार दिएका छन् । बुधबार साँझ बालकोट पुगेका मेयर शाहलाई पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले तबला उपहार दिएका हुन् ।

बुधबार साँझ भएको भेटमा काठमाडौं महानगरको समग्र विकासका बारेमा छलफल गरेका थिए । भेटवार्तापछि ओलीले बालेनलाई तबला उपहार दिएको एमाले नेता कर्णबहादुर थापाले बताए । शाहले यस अघि पनि ओलीलाई बालकोट नै पुगेर भेटेका थिए ।

जुन विषयले खुबै चर्चा पनि पाएको थियो । यस अघि उनले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई लगायतसँग पनि भेटवार्ता गरेका थिए ।

त्यस्तै बुधबार बिहान मात्रै एमालेबाट मेयरका प्रत्यासी केशव स्थापितलाई भेट्न बालेन उनकै निवास पुगेका थिए ।निवासमा काठमाडौं महानगरको समग्र विकासका बारेमा नैछलफल भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *