Thursday, March 30
Shadow

भृकुटीमण्डपस्थित ह्वील चेयर गोदाममा आगलागी,प्रहरी र स्थानीयवासीले निभाउने प्रयास गर्दे

काठमाडौं, २९ असार :

काठमाडौं प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा रहेको ह्वील चियरको गोदाममा आगलागी भएको छ । बुधबार अपरान्ह लागेको आगो अहिले नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीसहितका व्यक्ति दमकलको सहायतामा निभाउने प्रयास गरिरहेका छन् ।

सुरक्षाकर्मी, स्थानीय तहका दमकल आगो निभाउन प्रयोग गरिएको छ । काठमाडौं महानगर मेयर बालेन साह आगलागीस्थल पुगेका छन् । आगलागीको कारण खुलिसकेको छैन ।

अन्तिम खेलमा एनआरटीको जित;प्रि-सिजनका लागि थाइल्यान्ड र मलेसिया भ्रमणमा पुगेको न्युरोड टिम एनआरटीले अन्तिम खेलमा जित निकालेको छ ।

बुधबार भएको अन्तिम खेलमा एनआरटीले थाइल्यान्डको थोनबुरी युनाइटेडलाई २१ अन्तरले पराजित गरेको हो । एनआरटीको जितमा विदेशी खेलाडी मेसौउके र दीपेश घलेले एक-एक गोल गरे ।

खेलमा अग्रता भने थोनबुरीले लिएको थियो । उसका किटिपोङ सइङपोङले ३२औं मिनेटमा अग्रता दिलाए । तर, मेसौउकेले ५३औं मिनेटमा बराबरी गोल फर्काए । पाएको पेनाल्टी सदुपयोग गर्दै दीपेशले ७६औं मिनेटमा विजयी गोल गरे ।

यो खेलसँगै मलेसिया र थाइल्यान्डमा रहेको एनआरटीको प्रि-सिजन सकिएको छ । उसले यस क्रममा पाँच खेल खेल्यो । अघिल्ला चारै खेलमा एनआरटी पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *