Thursday, March 23
Shadow

देउवा सरकारले १ वर्षमा के के उपलब्धि गर्यो ? १ बर्ष नाघेको उपलक्ष्यमा ४२ बुदेँ उपलब्धी पढ्नुहोस् (पुर्ण पाठसहित)

प्रधानमन्त्री शेरबहादुर देउवाले आफनो सरकारले १ बर्ष नाघेको उपलक्ष्यमा ४२ बुदेँ उपलब्धी सार्वजनिक गरेका छन ।
सर्वोच्च अदालतको परमादेश अनुसार गत २९ असार २०६८ मा प्रधानमन्त्री नियुक्त भएका देउवाले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले निम्ताएको अस्थिरता र कुशाषन अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक बिद्यी र पद्धतीमा अघि बढाउन सफल भएको उल्लेख गरेका छन ।

प्रतिनिधिसभाकोे उपसभामुख पद लोसपाले पाउने, प्रचण्ड र देउवाबिच यसअघि नै भएको थियो गोप्य सहमती : प्रतिनिधिसभाकोे उपसभामुख पद लोकतान्त्रिक समाजवादीले पाउने भएको छ । विगत चार महिना देखि रिक्त रहेको पदमा यही शुक्रबार निर्वाचन हुने भएको छ ।

संसद सचिवालय श्रोतले दिएको जानकारी अनुसार सभामुख अग्नि सापकोटाले आजको संसद बैठकमा उपसभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने भएका छन् । संविधान अनुसार उपसभामुख विपक्षी दलबाट हुनुपर्ने व्यवस्था रहेको छ ।

जसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच उपसभामुख महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० लाई उपसभामुख दिने सहमति भइसकेको बुझिएको छ । तत्कालीन सभामुख शिवमाया तुम्बाहाम्फेले उपसभामुख पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *